बुधबार, कार्तिक १२ गते २०८३

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त


बैशाख ९, २०८३ बुधबार
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त

काठमाण्डाै । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।  त्यसैगरी समितिको सदस्यमा सिंखडा दाहाल (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) मनोनयन भएका छन् । समितिको अध्यक्ष र दुई विज्ञ सदस्यको पद रिक्त रहेको थियो । 

यस अघिका अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरेको राजिनामा चैत्र २४ गते बसेको मन्त्रि परिषद बैठकले स्वीकृत गरेको थियो ।