मंगलबार, कार्तिक ११ गते २०८३

भक्तपुर बचत संघद्वारा पारिजात साकोसलाई  जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार प्रदान


बैशाख २२, २०८३ मंगलबार
भक्तपुर बचत संघद्वारा पारिजात साकोसलाई  जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार प्रदान


भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सल्लाघारीमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २२ औं स्थापना दिवसको अवसरमा उक्त संस्था जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित  भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संस्थाका अध्यक्ष टंकराज काफ्ललाई उक्त पुरस्कार प्रदान  गरेका थिए । संस्थाले ८२ अंक सहित जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

संघमा आवद्ध सदस्य संस्थाहरु मध्ये आर्थिक बर्ष २०८१/८२ मा जिल्लास्रीय व्यवसायिकता उत्कृष्टता प्रदर्शन गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष हरिकृष्ण बल्लले बताए । संस्थामा आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानको लागि खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको संघले जनाएको छ । भविष्यमा समेत सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा निरन्तर क्रियशिल रही संघका हरेक क्रियाकलापमा सक्रिय सहभागिताको  अपेक्षा संघले गरेको छ ।

संस्थाका अध्यक्ष काफ्लेले यो पुरस्कारले सदस्य र समुदायप्रति थप जिम्मेवारी बनाएको बताए । सम्मानले संस्थाको सक्षम व्यवस्थापन,पारदर्शी कार्यप्रणाली, सदस्यमैत्री सेवा  प्रवाह तथा सहकारी सिद्धान्तप्रति ढृद्ध प्रतिवद्र्धतलाई थप उजागर गरेको प्रतिक्रिया उनले दिए । त्यसका साथै संस्थाको निरन्तर प्रगति, संस्थागत सुदृढीकरण तथा समग्र सहकारी क्षेत्रको दिगो विकासमा अझ महत्वपूर्ण योगदान पु¥याउन हौँसला प्रदान गरेको उनको भनाई छ ।

यस आर्थिक बर्षको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी १० करोड ६७ लाख, जगेडा कोष ९ करोड ३० लाख, विभिन्न कोषहरु २ करोड ७० लाख र कुल बचत ८५ करोड ८५ लाख ९८ हजार रहेको छ । त्यसैगरी संस्थाले ८३ करोड ४७ लाख ऋण लगानी गरी कुल सम्पत्ति १ अर्ब ११ करोड २४ लाख पु¥याउन सफल भएको छ । संस्थामा २ हजार ७६९ सदस्य आवद्ध रहेका छन् ।