मंगलबार, कार्तिक ११ गते २०८३

कुटुम्ब साकोसको दशौं स्थापना दिवसमा रक्तदान 

मंसिर ११, २०७८ शनिबार
कुटुम्ब साकोसको दशौं स्थापना दिवसमा रक्तदान 

 

कुुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाको दशौं स्थापना दिवसको उपलक्ष्यमा रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा कोटश्वर चोकमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको सहयोगी संस्थाका रुपमा काठमाण्डौ बचत तथा ऋण सहकारी संघ(कास्कुन) र नेपाल ब्लड डोनर्स एसोसिएसन(ब्लोदान) पूर्वी भेगिय क्षेत्र रहेका थिए । 

कार्यक्रममा ४१ पुरुष र १० महिला गरी ५१ जनाले रक्तदान गरेका छन्। रक्तदाताहरुलाई संस्थाका अध्यक्ष सुदिपकुमार खनालले प्रशंसापत्र प्रदान गर्नुका साथै धन्यवादज्ञापन गरेका थिए । 

संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसर पारेर “रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै यस्तो कार्यक्रम गर्दै आएको व्यवस्थापक खेलनाथ सिग्देल जानकारी दिए ।