मंगलबार, कार्तिक ११ गते २०८३

सहकारी प्राधिकरणको विज्ञ सदस्यमा सात जना भिड्दै, सार्वजनिक भयो सिफारिस तालिका


जेठ २०, २०८३ बुधबार
सहकारी प्राधिकरणको विज्ञ सदस्यमा सात जना भिड्दै, सार्वजनिक भयो सिफारिस तालिका


ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यको लागि सात जनाको दरखास्त स्वीकृत भएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार सात जनाको दरखास्त स्वीकृत भएको हो ।

दर्ता हुन आएका दरखास्त उपर सहकारी ऐन, २०७४ को दफा १०३ ङ को उपदफा (२) र मिति २०८३/१/२६ मा प्रकाशित सूचनामा उल्लिखित शर्तहरू पुरा गरे/ नगरेको विषयमा छानबिन गरी सहकारी ऐन, २०७४ को दफा १०३ग, को उपदफा (१) को खण्ड )घ) बमोजिमको योग्यता पुगेका दरखास्त मात्र स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार विज्ञ सदस्यहरुमा डा. रमेश प्रसाद चौलागाईं, कृष्ण अर्याल, डा.रुपमा जोशी, नारायण पराजुली, उमेश खड्का, सुर्यप्रसाद रिमाल र अच्युतम थापाको दरखास्त स्वीकृत भएको थियो ।

प्राधिकरणले विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने तालिका समेत प्रकाशन गरेको छ । दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यवसायिक कार्ययोजनामा सङ्केतिकरण,व्यवसायिक कार्य योजना परीक्षणका लागि विषय विज्ञ/दक्ष मनोनयन,व्यवसायिक कार्ययोजना परीक्षणका लागि सम्बन्धित विषय विज्ञ / दक्षसँग पठाउने र व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको कार्यक्रमको प्रकाशन, विज्ञ सदस्य पदको उम्मेदवारको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र विज्ञ सदस्य पदका उम्मेदवारको अन्तर्वार्ताको कार्यतालिका रहेको छ । आगामी असार सात गतेसम्म विज्ञ सदस्य छनोट प्रक्रिया गरिसक्ने गरी प्राधिकरणले कार्यतालिका सार्वजनिक गरेको छ ।