सोमबार, कार्तिक १० गते २०८३

राष्ट्रिय विपत्तिमा सिको साकोस बर्दियाको अपिल र ऐक्यबद्धता


भाद्र ११, २०८३ बिहीबार
राष्ट्रिय विपत्तिमा सिको साकोस बर्दियाको अपिल र ऐक्यबद्धता

काठमाडौं । सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि १ लाख ५१ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। सिको साकोसका अध्यक्ष दामोदर अधिकारीद्वारा जारी अपिलअनुसार संस्थाले बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम योगदान गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद्को यस विषम परिस्थितिमा राज्य, नियामक निकाय, राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कुनको कदममा हातेमालो गर्दै संस्थागत सामाजिक दायित्वअन्तर्गत सहयोग गरिएको साकोसले जनाएको छ। साकोसले स्थानीयस्तरमा हुने उद्धार, राहत तथा स्वयंसेवाका कार्यमा सञ्चालक, समिति तथा कर्मचारी वर्ग पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता पनि जनाएको छ।

साथै संस्थाका शेयर सदस्य, शुभेच्छुक तथा अन्य सहकारी संघसंस्थालाई समेत आआफ्नो ठाउँबाट स्वेच्छिक रूपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको घडीमा सहयोगी हातहरू बढाउन अपिल गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिको साकोसले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।