मंगलबार, कार्तिक ११ गते २०८३

पालनपोषण सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ प्रदान


भाद्र १७, २०८३ बुधबार
पालनपोषण सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ प्रदान

 

बारा । महागढीमाई नगरपालिका–२, बरियारपुरस्थित पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले बेपत्ताहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ योगदान गरेको जनाएको छ।

सहकारीले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको सहयोगमा हातेमालो गरेको हो।