मंगलबार, कार्तिक ११ गते २०८३

प्रणामी साकोसद्वारा प्रधानमन्त्री उद्वार कोषमा १ लाख ५५ हजार योगदान


भाद्र १८, २०८३ बिहीबार
प्रणामी साकोसद्वारा प्रधानमन्त्री  उद्वार कोषमा १ लाख ५५ हजार योगदान

प्रणामी बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी पीडित परिवारको राहत तथा उद्धारको लागि आर्थिक सहयोग गरेको छ ।  विपद्‌को घडीमा गरिएको सानो सहयोगले पनि पीडित परिवारमा नयाँ आशा जन्माउन  सक्छ भन्ने विश्वासका साथ संस्थाले सहयोग गरिएको जनाएको छ ।

संस्थाले  राहत, उद्धार तथा पुनःस्थापना कार्यमा  टेवा पुऱ्याउने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार आर्थिक सहयोग गरेको हो ।  संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भोटेकोशीको विनाशकारी बाढीले धेरै परिवारको खुसी खोसेको छ। घरबार उजाड बनाएको र जनजीवनमा गहिरो पीडा थपेको छ। यस दुःखद विपतिले रसुवा, नुवाकोट तथा धादिङ लगायतका क्षेत्रमा पुऱ्याएको मानवीय तथा भौतिक क्षतिबाट प्रणामी साकोस परिवार अत्यन्त मर्माहत भएको छ ।’

सहकारी केवल आर्थिक कारोबारमा सीमित संस्था होइन दुःखमा साथ दिने, पीडामा हात थाम्ने र समाजप्रतिको दायित्व निर्वाह गर्ने साझा परिवार भएको विज्ञप्तिमा उल्लेख छ। यही भावनालाई आत्मसात् गर्दै  विप‌त पीडित परिवारहरूको राहत र पुनःस्थापनाका लागि साथ, सहयोग तथा ऐक्यबद्धता व्यक्त गरेको संस्थाले जनाएको छ ।