बुधबार, कार्तिक १२ गते २०८३

ब्राजिलको निर्वाचनमा लुलाको पुनः ऐतिहासिक बिजय


कार्तिक १२, २०८३ बुधबार
ब्राजिलको निर्वाचनमा  लुलाको पुनः ऐतिहासिक बिजय

कठमाण्डौ । पुनः चौथो पटक लुला डिसिल्भा ब्राजिलको राष्ट्रपति निर्वाचित हुनुभएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको दोस्रो चरणको (रन–अफ) चुनावमा लुलाले आफ्ना निकटतम प्रतिद्वन्दी तथा पूर्वराष्ट्रपति ज्यार बोल्सोनारोका छोरा सिनेटर फ्लेभियो बोल्सोनारोलाई पराजित गर्दै पुनः निर्बाचित हुनु भएको हो । यो  चुनावलाई ब्राजिलको आधुनिक इतिहासकै सबैभन्दा कडा राजनीतिक भिडन्तकारुपमा हेरिएको थियो । पहिलो चरणको मतदानमा बोल्सोनारोले अग्रता लिए पनि अन्तिम चरणको मतपरिणाममा ८० वर्षीय लुलाले बोल्सोनारोलाई पराजित गर्दै ऐतिहासिक बिजय प्राप्त गर्न सफल हुनुभएको हो । यसले गर्दा ब्राजिलको चुनावमा पराजित दक्षिणपन्थी खेमा रन्थनिएको बिश्लेषकहरु बताइरहेका छन् ।

lula2.webp
यो निर्वाचनको आधिकारिक नतिजा घोषणा भएसँगै लुलाका समर्थकहरुले बिजय जुलुस निकालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले समाचार दिएका छन् । लुलाले ट्रेड यूनियन नेताका रुपमा आफ्नो राजनीतिक यात्रा शुरुगर्नुभएको थियो । ब्राजिलमा गएको दोस्रो चरणको निर्वाचन भएको थियो । गएको  आइतवार दोश्रो चरणको चुनाव  सम्पन्नहुँदा ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो राष्ट्र ब्रजिलमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्नुभएको हो । उहाँको यो चौथो कार्यकाल आगामी जनवारी ५ देखि शुरु हुन्छ। लुलाको यो बिजयले अमेरिकामा हलचल उत्पन्न  भएको बताइन्छ भने त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि  आसन्न मध्यावधी निर्वाचन निकै असहज बनाएको बताएको समेत बताइदै छ ।