बुधबार, कार्तिक १२ गते २०८३

स्कोप साकोसको अध्यक्षमा बीरकाजी शाक्य निर्वाचित

पौष २, २०७८ शुक्रबार
स्कोप साकोसको अध्यक्षमा बीरकाजी शाक्य निर्वाचित

 

स्कोप बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बीरकाजी शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति र अर्निमैया बज्राचार्यको संयोजकत्वमा लेखा समिति समेत चयन गरेको छ । 

संस्थाको उपाध्यक्षमा दिपकराज शाक्य, सचिवमा आनन्दबिर बज्राचार्य, कोषाध्यक्षमा प्रदीप शाक्य र सदस्यहरुमा रितेश बज्राचार्य, रिना शाक्य, शंधदेवी शाक्य, उत्तमराज बज्राचार्य र राजेश बज्राचार्य चयन भएको संस्थाले जनाएको छ । त्यसैगरी लेखासमिति सदस्यहरुमा साजन महर्जन र रोजन बज्राचार्य रहेका छन् । 

संस्थाका अध्यक्ष यज्ञराज बज्राचार्यले सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले शुरुदेखि नै आफ्ना सदस्यको हित र सेवालाई ध्यान दिइ, सोही अनुसार क्रियाकलापहरु अगाडि बढाएको बताए । समयानुकुल संस्थाका सेवालाई सरल सहज, गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै लगेको उनले बताए । सहकारी सञ्जालले गर्दा सबै समुहका व्यक्तिहर वित्तीय सञ्जालमा जोडिएको र यसलाई आगामी दिनमा अझै सशक्त बनाउनुपर्ने उनले बताए । स्थानीय उत्पादनलाई सहकारीमार्फत जनसमुदायमा पु¥याई सबै क्षेत्रलाई समृद्धितर्फ डोर्याउनु पर्ने भन्दै उनले यसका लागि सेवामुखी हुनुपर्नेमा जोड दिए । 

संस्थाका कोषाध्यक्ष प्रदीप शाक्यले सदस्यहरुलाई १२ प्रतिशत लाभांश दिने बताए  । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४३५३ सदस्यबाट ६ करोड ६८ लाख शेयरपुँजी, ९ करोड ३२ लाख जगेडा तथा अन्य कोष, ८० करोड २९ लाख बचत संकलन गरी ७० करोड ४९ लाख ऋण लगानी गरेको जानकारी दिए ।

सभामा स्वागत मन्तव्य राख्दै आनन्द वीर बज्राचार्यले सहकारी भनेको सदस्यहरुको छरिएर रहेको पूँजीलाइै एकिकृत गरी सदस्यहरुद्वारा चुनिएका प्रतिनिधीहरुले जवाफदेहिता र पारदर्शिताकाका आधारमा पूँजी व्यवस्थापन र जोखिम न्युनिकरण सिद्वान्तमा रहेर सदस्यलाई बचत र ऋणको माध्यमबाट सेवा प्रदान गर्ने समाजिक व्यवसाय भएको बताए ।

scope 1.jpg

समुदायमा आधारित संस्थाको रुपमा सहकारी अभियानमा बेग्लै पहिचान बनाउन सकेको छ ।