बुधबार, कार्तिक १२ गते २०८३

कोन सामुदायिक साकोसको सहयोग बिद्यालयलाई

पौष २१, २०७८ बुधबार
कोन सामुदायिक  साकोसको सहयोग बिद्यालयलाई

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले  २३ ओै बार्षिकोत्सवको अवसरमा  बिद्यालयलाई सहयोग गरेको छ । संस्थाले पोखरा १३मा रहेको  आर्बा स्थित श्री सिद्वार्थ आधारभुत बिधालयलाई  १ थान कम्पयुटर र प्रिन्टर हस्तान्तरण  गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उत सहयोग गरेको  अध्यक्ष  तिर्थ बहादुर बस्नेतले बताए । कार्यकममा  संस्थाका उपाध्यक्ष माधव प्रसाद सिग्देल, सचिव शान्त कुमार श्रेष्ठ , सहसचिव सुरेन्द्र प्रसाद सिग्देल संचालकहरू शारदा पराजुली, केदार राज सिग्देल, खड्क बहादुर गुरूङ्ग  , महाप्रबन्धक तथा ऋण बिभाग प्रमुखको उपस्थितिमा  रहेको थियो । बिधालयका अध्यक्ष  नारायण प्रसाद बराल तथा  शिक्षक, शिक्षिका एवं बिध्यार्थीहरूको उपस्थितिमा  कार्यकम समपन्न भएको हो । 

269716822_3061928427399064_5875659235791831270_n.jpg

संस्थाले यस अघि पोखरा १२  स्थित श्री सरस्वती आधारभूत बिधालयमा अध्ययारत १२४ जना बिधार्थीलाई बिधालय पोशाक वितरण गरेको  जनाएको छ ।

267577768_3534327373461026_2100513717425250801_n.jpg