बुधबार, कार्तिक १२ गते २०८३

नेशनल डेभलपमेन्ट को–अपरेटिभको अध्यक्षमा राजेश राजदली

पौष २१, २०७८ बुधबार
नेशनल डेभलपमेन्ट को–अपरेटिभको अध्यक्षमा राजेश राजदली

नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको अध्यक्षमा राजेश राजदली निर्विरोध चयन भएका छन् । संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीको हृदयाघातका कारण गत जेठ महिनामा निधन भएपछि संस्थाको रिक्त अध्यक्ष पदमा राजदली चयन भएका हुन् ।

त्यसैगरी संस्थाकी सञ्चालक राधा राजकर्णिकारले घरायसी कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएकाले सुरेन्द्रलाल जोशीलाई रिक्त सञ्चालक पदमा चयन गरिएको छ ।

संस्थाको २४औं वार्षिक साधारणसभाबाट दुवैलाई ती पदमा निर्विरोध चयन गरिएको संस्थाले जनाएको छ । संस्थाले साधारणसभाका अवसरमा ज्येष्ठ नागरिकतर्फ ढ्याईचा महर्जन, उत्कृष्ट ऋणीमा बंगला श्रेष्ठ र उत्कृष्ट कारोबारीमा रिनादेवी बज्राचार्यलाई सम्मान गरेको थियो । त्यसैगरी कोभिड १९ महामारीका बीचमा पनि निरन्तर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको भन्दै संस्थाका कर्मचारीतर्फ प्रमुख लेखा अधिकृत जिलेन्द्र जोशी, बरिष्ठ सहायक शिवप्रसाद तिम्सिना, रिसेप्सनिष्ट रिता महर्जन र कार्यालय सहयोगी योमाया अवालेलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

national dev.jpg

सभामा संस्थाका का.वा. अध्यक्ष प्रद्युम्नलाल जोशीले आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत असारमसान्तसम्म ४ करोड ७५ लाख शेयरपुँजी, १ अर्ब २८ करोड २५ लाख बचत संकलन र १ अर्ब २९ करोड ८१ लाख ऋण लगानी गरी १ करोड १७ लाख ७५ हजार मुनाफा आर्जन गरेको सभामा जानकारी दिइयो ।

सभामा लेखासमितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संयोजक रविन्द्र प्रसाद नेम्कूलले समयानुसार बचत र ऋणको ब्याज परिवर्तन गर्दै जान, शेयरपुँजी वृद्धि गर्न, ब्याजलाई पुँजीकृत नगर्न सुझाव दिएका छन् । 

national coop.jpg