मंगलबार, कार्तिक ११ गते २०८३

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

माघ ६, २०७८ बिहीबार
महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

 

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको चोइना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्रछात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानी को लागि आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकको सहयोगप्रति आभार प्रकट गर्नुका साथै यस्तो सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको विकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुवेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्धिमा बैंक सधै कटिवद्ध रहेको जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।