मंगलबार, कार्तिक ११ गते २०८३

एनएमबि बैंकको "मुद्दतीमा डब्बल प्रतिफल" योजना

आषाढ ६, २०७९ सोमबार
एनएमबि बैंकको "मुद्दतीमा डब्बल प्रतिफल" योजना

 

एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेकोे छ । 

“एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ । त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारिबाट  रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ । 

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।