बुधबार, कार्तिक १२ गते २०८३

सिद्धार्थ बैंकको नयाँ अफर, मुद्दती खातामा १० गुणा प्रतिफल दिने

श्रावण २, २०७९ सोमबार
सिद्धार्थ बैंकको नयाँ अफर, मुद्दती खातामा १० गुणा प्रतिफल दिने

 सिद्धार्थ बैंकले  निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।