मुक्तिनाथ विकास बैंक वर्ल्ड कन्फिडिरियसन अफ विजनेशले द बिज अवार्डबाट सम्मानित भएको छ। बैंकले व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर र सेवामा सिर्जनात्मक अभ्यास देखेर यो अवार्ड दिएको हो।
यो कार्यक्रममा १३० देशबाट ३५ सय भन्दा बढी व्यापार सदस्य सहभागी थिए। सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई बिजनेश एक्सिलेन्स सर्टिफिकेटबाट पनि सम्मानित गरेको छ। बैंकले यो सम्मानबाट भविष्यमा आफ्नो व्यापार प्रणालीलाई अझै परिणाममुखी बनाउन र ग्राहकमा नविनतम सेवा ल्याउन उत्साहित बनाएको उलेख्य गरेको छ।
यसअघि पनि बैंक युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०बाट सम्मानित भएको थियो भने ग्लोबल एसएमई अवार्ड २०२१को एसएमई फाइनान्सियर अफ द इयर एसिया विधाबाट पनि सम्मानित भइसकेको छ।