मंगलबार, कार्तिक ११ गते २०८३

प्राइम  लाइफबाट मनोज भट्टराईको बिदाइ

श्रावण ४, २०७९ बुधबार
प्राइम  लाइफबाट मनोज भट्टराईको बिदाइ

आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् । भट्टराईलाई कर्मचारीहरु कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन् । उनको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको उनीहरुको भनाइ छ ।