महादीप पोखरेल
आगामी मंसिर ४ गते संसदीय निर्बाचन हुदैछ।धेरैजसोले यस्लाई देशको निम्ति नीति तर्जुमा गर्ने ब्यबस्थापिका र कार्यान्वयन गर्ने सरकार निर्माण गर्नका निम्ति उच्चतम लोकतान्त्रिक प्रक्रियाको रूपमा बुझेका हुन सक्छन ,तर यो सम्पुर्ण रुपले गलत छ।यो चुनाव वैदेशिक शक्ति खासगरी ईन्डो–युरो र अमेरिकी केन्द्रहरुको नेपालमा आफ्नो उपस्थिति दरिलो बनाउने अनि त्यस्को निम्ति उपयुक्त प्यादाहरु नियुक्त गर्ने प्रयास हो। उमेदवारहरुको छनौट ,दल अदलबदल र फुट यहि आवश्यकतलाई केन्द्रबिन्दुमा राखेर गरिएको छ।सिद्धान्त ,बिचार र नैतिकता बिहिन गठबन्धनहरु बनाइएका छन।केही उदाहरणहरुः–
१)सदनमा एम सि सि,एस पि पि र नागरिकता बिधेयक बिरुद्ध आवाज घन्काउनेहरुलाई एमालेले उम्मेदवार हुन बन्चित ग¥यो।भिम राबल ,घनश्याम भुसाल ,गंगा चौधरी कोपभाजनको सिकार भए भने पश्चिमी योजना अनुसार चल्ने कमल थापालाई एमालेले उम्मेदवार बनाएको छ।
२)ईन्डो प्यासिफिकलाई समर्थन गर्ने कथित केही स्वतन्त्रहरु पनि दूतावासको आडमा उम्मेदवार भएका छन। शक्तिको जगेडा नव जेलेन्स्की जन्माउने प्रयास हुनसक्छ ।यस्को बिस्तृत पटाक्षेप पछिल्ला दिनहरुमा हुने नै छन।
३)एम सि सि र नागरिकता बिधेयक प्रकरणमा बाबुराम भट्टराई नाङ्गो रुपमा दलाली गरेकै हुन। उनलाई सायद अबको राष्ट्रपतिको उमेदवार बनाउन चुनावबाट पछि हट्न लगाइएको छ र युबा नेतृत्वको नाममा छोरी मानुसीको राजनैतिक भबिष्य सुनिश्चित गर्न खोजिएको छ।
४) शेर बहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै हरकतहरु गरिने छन।यो ईन्डो– पश्चिमाहरुको कम्फर्टेबल मोर्चा हो भन्ने त सिद्ध नै छ,तर खडक ओली नेतृत्वको होली वाइन मोर्चा पनि एक नम्बरको धोखेबाज नै हो।
यिनिहरुको पापी र स्वार्थी गठबन्धनको कारण जनताले आफ्नो छनौट ,बिचार र उद्देश्य अनुरुप भोट हाल्न पाउने अधिकारलाई योजनाबद्ध तरिकाले नियोजन गरिएको छ।जस्ले जिते पनि देशाघातीहरु नै सत्तामा आउने र देशको कुभलो गरेर आफ्नो थैलो भर्ने सुनिश्चित नै छ।
अन्त्यमा , यो चुनाव द्वारा आउनेहरुले सेवा गर्ने त्यही इन्डोपश्चिमाहरु लाई नै हो। त्यसैले यिनका पार्टीहरु धराशायी हुँदै जानू र विरुद्द विद्रोहको स्वरहरु संगठित गर्दै एवं चौतर्फी घृणा ,आक्रोश र प्रतिशोधको ज्वालाले लपेट्दै गाउँ घर जिल्ला बाट बढारेर लखट्नुपर्ने नै अहिलेको ऐतिहासिक अपरिहार्यता हो।वैदेशिक शक्तिकेन्द्रहरुको घेराबन्दीमा हुने चुनाव देश र जनता प्रती भ्रम र धोका बाहेक केही होइन।