मंगलबार, कार्तिक ११ गते २०८३

प्रभु र सेञ्चुरी बैंकले पुसभित्र संयुक्त कारेवार गर्ने

मंसिर २२, २०७९ बिहीबार
प्रभु र सेञ्चुरी बैंकले पुसभित्र संयुक्त कारेवार गर्ने


प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्तिका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच प्राप्तिका लागि हिजो अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा हस्ताक्षर भएसँगै यी बैंकले पुस अन्तिमदेखि संयुक्त कारोबार शुरू गर्ने मएका छन् । 

उक्त सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति ( एक्विजिसन ) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।

 प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति  गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्दान्तिक सहमति प्राप्त भएको थियो।