मंगलबार, कार्तिक ११ गते २०८३

आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता  

पौष २४, २०७९ आइतबार
आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता  

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ । 

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले खुलाएको छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन सक्नेछन् ।