मंगलबार, कार्तिक ११ गते २०८३

उपभोग्य वस्तुमा वैदेशिक निर्भरता कम गरिने, सम्भव छ कृषिमा आत्मनिर्भर ?

बैशाख २५, २०८० सोमबार
उपभोग्य वस्तुमा वैदेशिक निर्भरता कम गरिने, सम्भव  छ कृषिमा आत्मनिर्भर  ?


अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको  बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका  संसदमा  प्रस्तुत गर्दै औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि गरी उपभोग्य वस्तुमा वैदेशिक निर्भरता कम गर्दै लगिने बताएका छन् ।

उद्यमशीलता विकासका साथै स्टार्ट अपलाई प्रोत्साहन गरी नयाँ उद्यमीलाई आकर्षित गरिने उनले बताएका हुन् । त्यसैगरी औद्योगिक तथा व्यापार पूर्वाधार विकासमा जोड दिइने उनले बताए । लघु,घरेलु तथा साना तथा मझाैला उद्योग प्रर्वद्धन गर्न कार्यक्रम सञ्चालन गरिने भएको छ। स्वदेशी र विदेशी लगानी बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार गरिने अर्थमन्त्रीले उल्लेख गरे ।

कृषि, सुचना प्रविधि, जलविद्युत लगायतका तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता उच्च भएका वस्तु सेवाको विकास र निर्यात प्रवर्धन गरिने उनले बताए । निर्यात प्रर्वद्धन गर्न नगद अनुदान लगायतका प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।  गैर आवसीय नेपालीको सिप र पुँजीलाई आर्थिक विकासमा उपयोग गरिने पनि उनले बताए ।

उत्पादन वृद्धि गरी निर्यात घटाउने विषय मुलुकका लागि नौलो भने होइन । हरेक बर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिए पनि नेपालले भारत लगायत छिमेकी देशबाट बर्षेनी करोडाैंको तरकारी, फलफुल तथा खाद्यान्न आयात गर्दै आएको छ ।