पाँचखाल नगरपालिका ४ काभ्रेमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल रहेको थिए ।
संस्थाले सदस्यहरुकोे सहजताको लागि एकाइगत साधारणसभाको आयोजना गरी समापन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि खरेलले सभामा बोल्दै सहकारीहरु सुरु नहुँदा सानासाना पुँजीलाई धान चामलको धोक्रामा लुकाएर राख्नुपर्ने अवस्था रहेको स्मरण गरे । जब गाँउ गाँउमा सहकारीको स्थापना भयो, छरिएर रहेको पुँजीलाई एकिकृत गरी सदस्यहरुलाई उचित प्रतिफलका साथै बचतको सुरक्षा समेत गरेको उनले बताए । सदस्यहरुले सहकारीमा गरेको बचतले छोराछोरीको भविष्य समेत सुरक्षित गर्न सहयोग मिल्ने उनको भनाई छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रवक्ता अप्सरा ढुङ्गानाको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला वचत संघ काभ्रेका सचिव सुरेन्द्र पौडेल, संस्थापक अध्यक्ष एवं सल्लाहकार इश्वरी राजकुमार मैनाली, प्रगतीशिल व।स।स।ली का अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाका बाल सदस्यहरुको सहकारी गितमा सास्कृतिक नृत्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायण ढुङ्गानाले गरेका थिए । सभामा अध्यक्ष सरोज सापकोटाद्धारा वार्षिक प्रतिवेदन, सचिव नारायण ढुङ्गानाद्धारा निति तथा कार्यक्रम सहितको प्रतिवेदन, कोषाध्यक्ष राजन कार्किद्धारा आर्थिक प्रतिवेदन तथा वार्षिक वजेट, लेखा संयोजक वद्रि प्रसाद आचार्यद्धारा लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेको थिए ।

सभामा आ.व २०७ /९८० का उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता तथा उत्कृष्ट वाल वचतकर्ता, उत्कृष्ट सुझावकर्ता एवं एस.ई.ई. २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने सस्थाका बाल सदस्यहरुलाई लाइ पुरस्कार सहित सम्मान गरिएको थियो । सस्थाका सदस्य राधाकृष्ण श्रेष्ठलाइ यस वर्षको उदियमान युवा व्यवशायी तथा सदस्य प्रेमराज भेट्वाललाइ यस वर्षको आर्थिक विकास अवार्डद्धारा सम्मानित गरिएको थियो। साथै साधारण सभाको अवसरमा संस्थाले खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।