मंगलबार, कार्तिक ११ गते २०८३

बुद्धभुमि नेपाल हाईड्रोपावरको साधारण शेयरमा ३० करोड १२ लाख रुपैयाको आवेदन

भाद्र २०, २०७८ आइतबार
बुद्धभुमि नेपाल हाईड्रोपावरको साधारण शेयरमा ३० करोड १२ लाख रुपैयाको आवेदन

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख बराबरको आवेदन परेको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।

अन्तिम दिन भाद्र १५ गते  सम्ममा ४८,६२६ जना आवेदकहरुबाट ३०,१२,००० कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । अन्तिम रुजु भइनसकेकोले उक्त तथ्यांकमा केही परिवर्तन हुन सक्ने समेत विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको ७५३ प्रतिशत बराबरको शेयर विक्री भइसकेको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आवेदन गर्ने अन्तिम म्याद यहि भाद्र १५ गतेसम्म रहेको थियो ।