चालू आर्थिक वर्षको असोज महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आ.व.को असोज महिनासम्म देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ ।
जहाँ देशको आयात चार खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने देशको व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेपालले यस आ .व .को असोज महिनासम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो । त्यसैगरी, गत आर्थिक वर्षको तुलनामा देशको आयात १.६९ प्रतिशतले बढेको छ भने व्यपार घाटा पनि २.१५ प्रतिशतले बढेको छ । निर्यात भने २.२६ प्रतिशतले घटेको छ ।
नेपालपत्र संवाददाता