मंगलबार, कार्तिक ११ गते २०८३

अमेरिकाको भूस्वामित्व र कृषि व्यवसाय


कार्तिक १५, २०८० बुधबार
अमेरिकाको भूस्वामित्व र कृषि व्यवसाय
guteraz.jpg
ज्याेतिलाल बन
पाएको जानकारी अनुसार यहाँ जमीनको हदबन्दी छैन, अमेरिकी नागरिकले मात्रै हैन ग्रिनकार्ड लिएकाहरु अझ वर्कपरमिट पाएकाहरुले समेत जति सक्दो जमिन किन्न सक्छन् । तर आफ्नो स्वामित्वको जमीन बिना उपयोग राख्यो भने पेनाल्टीस्वरुप सरकारलाई धेरै कर बुझाउनु पर्छ । खेती, पशुपालन वा अन्य उद्योग व्यवसाय गर्यो भने त्यसका लागि सरकारले विभिन्न सहयोग पनि गर्ने रहेछ ।
 
यहाँ हजारौं हेक्टर भूमिमा निजी स्वामित्व रहेका भूस्वामीहरु छन् । तर ती सामन्त नभएर आधुनिक पूँजीपतिहरु हुन् । ती मध्ये धेरैजसो कृषिव्यवसायी मात्रे नभए र कृषि उद्योग तथा अन्य उद्योगधन्धा संचालकहरु नै हुन् । कृषिजन्य व्यवसायीहरुले आफ्नै कृषि वा पशुपालन फार्महरुमा अत्याधुनिक प्रशोधन उपकरणहरु जडान गरेका छन्, प्रशोधित बस्तुहरु स्वदेश वा विदेश निर्यात गर्छन् । यहाँ मकै र भटमास बढी उत्पादन हुने र ती उत्पादनहरु विदेशमा पनि निर्यात गरिने जानकारी पाइयो ।
 
यहाँ कृषिनिर्भरहरुको संख्या निकै कम छ, सुनेअनुसार कुल जनसंख्यामा लगभग ५ प्रतिशत मात्रै । कुनै कुनै किसानले धेरैजसो रहरले नेपालमा जस्तो आफ्नो उपभोगका लागि केही पशुपालन र खेती गरेको नपाइने हैन, तर अपवाद मात्रै हो धेरैजसो उद्योग व्यवसायका रुपमा नै संचालित रहेको पाइयो । अधिकांश मानिसहरु उद्योगधन्धा, बाणिज्य, व्यापार व्यवसायी निकायहरुमा नै रोजगार हुने भएकाले भूस्वामित्वको सवाल प्रमुख बनेको पाइएन । अन्य सरकारी वा गैरसरकारी क्षेत्रमा जस्तै कृषिव्ययसाको क्षेत्रमा काम गर्ने श्रमिकहरुले पनि सो सरह पारिश्रमिक पाउने भएकाले भूस्वामित्वको सवाललाई लिएर कुनै गुनासो रहेको पाइएन ।
 
कुनै कुनै मसिना कामबाहेक प्रायः सवै काम आधुनिक उपकरण (मेसिन) बाटै हुने भएकाले एक मेसिन अप्रेटर श्रमिकले हातले काम गर्ने पचासौं श्रमिकको काम भ्याउदो रहेछ, त्यसैले उनीहरुले पारिश्रमिक पनि राम्रो पाएका होलान् ।
१ नोभेम्बर २०२३
साभार : ज्योतिजीको महारपुस्तिका