मंगलबार, कार्तिक ११ गते २०८३

भद्रपुरमा मेगा बैंकको एटीम सेवा विस्तार

भाद्र २२, २०७८ मंगलबार
भद्रपुरमा मेगा बैंकको एटीम सेवा विस्तार

 

मेगा बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीम सेवा सञ्चालन गरेको हो । 

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकका एटीम सेवा पुगेको छ । 

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ भने २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।