सोमबार, कार्तिक १० गते २०८३

राष्ट्रिय कर दिवसका अवसरमा नवजागगरण साकोस सम्मानित 

मंसिर ७, २०८० बिहीबार
राष्ट्रिय कर दिवसका अवसरमा नवजागगरण साकोस सम्मानित 


रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । बार्हौ राष्टिय कर दिवस २०८० को अबसर रामेछाप जिल्लाको बैंक तथा वित्तीय संस्था तर्फ आव २०७८र०७९ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा  संस्था सम्मानित भएको हो ।  

संस्थालाई सम्मान  गर्ने  करदाता सेवा कार्यालय मन्थली रामेछाप प्रति संस्थाले   आभार प्रकट  गरेको छ ।  संस्थालाई जिल्लाको अब्बल सहकारी बनाई दिने सम्पुर्ण शेयर सदस्यहरु एंब   जिल्लाकै उत्कृष्ट सहकारी बनाउने अभियानमा  लागेका  संचालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरु प्रति  संस्थाले धनयवाद ज्ञापन गरेको छ ।

यस आर्थिक बर्षको कातिक मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ७६ लाख ५० हजार, जगेडा कोष ६ करोड ४० लाख ७९ हजार  ,अन्य कोषहरु १ करोड ४३ लाख ५१ हजार बचत संकलन ५१ करोड ९८ लाख ७२ हजार र ऋण लगानी ३९ करोड २२ लाख ६२ हजार रहेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कुल संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार, तरलता रकम २ करोड ८६ लाख ४१ हजार र कुल सम्पत्ति ६८ करोड ३१ लाख २९ हजार रहेको छ । संस्थामा ९ हजार ५२२ जना सदस्य आवद्ध रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता