मंगलबार, कार्तिक ११ गते २०८३

शुभश्री साकोसको १६औं साधारण सभा, ज्येष्ठ सदस्यलाई सम्मान


पौष २४, २०८० मंगलबार
शुभश्री साकोसको १६औं साधारण सभा, ज्येष्ठ सदस्यलाई सम्मान


भक्तपुरमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारण सभामा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दीका कारण बचत संकलन र ऋण प्रवाहमा परेको असरबाट सहकारीहरुमा अप्ठ्यारो परिस्थिति सृजना भई बचत फिर्ता गर्न नसकेको अवस्थामा पनि संस्थामा समुदायमा आधारित भई सञ्चालन भएकाले त्यस्तो समस्याको सामना गर्नु नपरेको बताए । 

संस्थाको हिसाबकिताब पूर्ण रुपमा पारदर्शी होओस् भन्ने हेतुले स्थापनाकाल देखिनै कम्प्युटरकृत लेखा प्रणाली अन्तर्गत समय सापेक्ष अद्यावधिक सहितको फिटनेस प्लस सफटवेयरको माध्यमबाट सदस्यहरुलाई सेवा दिँदै आएको उनले बताए । सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले संस्थाले मोबाईल बैकिङ सेवा समेत सञ्चालन गरिसकेको र सदस्यले घरमै बसेर पनि सेवा लिन सकिने अध्यक्ष श्रेष्ठले बताए। 

सदस्यहरुले बचत र ऋणमा गरेको कारोवारका आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम प्रदान गरिने उनको भनाई छ । संस्थाले आफनो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको र नियमित बचतलाई प्राथामिकतामा राखेको समेत उनले बताए । आर्थिक मन्दीको बीचमा पनि संस्थाले शेयर पुँजी  वृद्धि गर्न सफल भएको छ भने संकलित बचतलाई उत्पादनशील क्षेत्रका साथै व्यापार व्यवसायमा लगानी गर्दै आएको छ । संस्थाले सदस्यहरुको आर्थिक विकासका लागि मात्रै नभई सामाजिक विकासलाई पनि प्रमुख ठानेको र सोही अनुसार सामाजिक क्रियाकलापलाई समेत अगाडी बढाउँदै लगेको उनले सभामा जानकारी दिए। 

संस्थामा गत असार मसान्तसम्म २६६० जना शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म ४ करोड ६८ लाख शेयर पुँजी,  जगेडा तथा अन्य कोषमा २ करोड ३७ लाख २७ करोड ७१ लाख १७ हजार बचत संकलन, २३ करोड ८१ लाख ऋण लगानी गरी २८ लाख ८५ हजार खुद बचत गरेको छ। 

संस्थाले यस आर्थिक बर्षमा आर्थिक तथा सामाजिक कार्यलाई निरन्तरता दिने, नियमित बचत कार्यक्रमलाई प्रभावकारी बनाउने, सदस्यमूखी तालिम सञ्चालन गर्ने, ज्येष्ठ सदस्यलाई सम्मान र धार्मिक भ्रमणलाई निरन्तरता दिने जस्ता कार्यक्रम अगाडि सारेको छ । सभामा कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक गोपाल न्हा श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सभामा एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, जेष्ठ सदस्य र विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।