बुधबार, कार्तिक १२ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरामा नयाँ शाखा


पौष २५, २०८० बुधबार
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरामा नयाँ शाखा


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरा उपमहानगरपालिका २, सिमरा रोडमा   नयाँ शाखा सञ्चालनमा ल्याएको हो।  यो सँगै मधेश प्रदेशमा बैंकका शाखा २१ पुगेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा उद्‍घाटन गरे।

उनले शाखा सञ्चालनमा आएसँगै सिमरा र आसपासका वासिन्दाले सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने बताए। उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए। बैंकले हाल २६२ शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिंदै आएको छ ।