मंगलबार, कार्तिक ११ गते २०८३

आसन्न लिम्बू चाड माङहुप तङनामको सन्दर्भमा

माघ ३, २०८० बुधबार
आसन्न     लिम्बू  चाड   माङहुप  तङनामको  सन्दर्भमा
लिम्बू चाड माङहुप तङनामको सन्दर्भमा जुन दिन लिम्बुवानको शासनसत्ता गुम्यो त्यहीँ दिनदेखि लिम्बुवानमा सान्स्कृतिक अतिक्रमण प्रारम्भ भयो । यो प्रक्रिया प्पन्चायतकालमा चरमसीमामा पुग्यो । तिनताकका लिम्बू चाड माङहुप तङनामलाई ओझेलमा पारियो , लिम्बू पोसाक सरदक्पा र तेगालाई उपेक्षा गरियो , लिम्बू गहना तारान , सुत्थी , खाम्ब्रुक्मा र लुङ्ब्रुक्माको तस्करी गरियो , लिम्बू लिपि तथा भाषा अध्ययन - अध्यापनमा प्रतिबन्ध लगाइयो ।
सन १९७८ देखि लिम्बुवानमा दशै चाडलाई राजकीय उत्सवको रूपमा नमनाएर साङ्केतिक रूपमा राजाको विरोध गरियो । सन १९८९ मा मैले लेखेको " लिम्बू संस्कृतिका केही विशेषता " नामक पुस्तिकालाई दार्जीलिङको प्रतीक्षा प्रकाशनले प्रकाशित गरेको थियोे । जसमा दशै लिम्बू चाड होइन भन्ने उल्लेख गरिएको छ । उक्त पुस्तिकाको सन्दर्भमा दार्जीलिङका उम्दा कवि मनप्रसाद सुब्बाले २७ अकटोवर ,१९९४ को सुनचरी दैनिकमा " नेपाली जाति र संस्कृति समसामयिक परिप्रेक्ष्यमा " शीर्षक लेख लेखी यस्तो टिप्पणी गरेका थिए : " जात - जातका यी छुट्टाछुट्टै सान्स्कृतिक विच्छिन्नतामा " नेपाली संस्कृति " नामको अस्तित्वै कहाँ रहन्छ ! . . . . "
सन १९९० मा नेपालमा बहुदल पुनर्स्थापना भए पश्चात् मङ्गोल नेशनल अर्गनाइजेसन , राष्ट्रिय जनमुक्ति पार्टी , किरात धर्म तथा साहित्य उत्थान सङ्घ र किरात याक्थुङ चुम्लुङ्ले दुई कदम अगाडि बढेर दशै चाडलाई बहिष्कार नै गरे । अद्यावपि , यी दल र संस्थाले तिहार , माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति चाडलाई मौलिक चाडको रूपमा मनाउदछन । जबकि , दशै चाड हिन्दू चाड भए झैं तिहार , माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति पनि हिन्दू चाड नै हो ।
पन्चायतकालमा राजकीय चाड इतर चाडलाई " अ राष्ट्रिय " मानिन्थ्यो । तदुप्रान्त , " अ राष्ट्रिय " लान्छित होइने भयले लिम्बूले माङ्हुप तङ्नामलाई सामूहिक रूपमा मनाउन छाडे । र , आ - आफ्नो कुल - वंशभित्र मात्र मनाउन थाले । जबकि , लिम्बुवानमा पन्चायत व्यवस्था लागू हुनु पूर्व हरेक साल ८ फेब्रुअरीमा लिम्बुवानभरि सामूहिक रूपमा माङ्हुप तङ्नाम मनाइन्थ्यो ।
तस्बिरमा लिम्बू संस्कृतिका केही विशेषता ।
Limbusanskrit.jpg
साभार - बीर नेम्वाङ्गकाे मुहारपुस्तिका