सोमबार, कार्तिक १० गते २०८३

२०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुनेछन्ः महाप्रबन्धक सुब्बा

चैत्र २, २०८० शुक्रबार
२०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुनेछन्ः महाप्रबन्धक सुब्बा

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले सन् २०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुने बताएकी छिन् । प्रथम सहकारी डिजिटल कन्क्लेभको दोस्रो दिन प्रस्तुती दिँदै सुब्बाले अहिलेको अवस्थालाई पार गरेर जति सहकारी रहन्छन् ती सबै सहकारी डिजिटल रुपमा स्मार्ट हुने बताईन ।

राष्ट्रिय सहकारी महासंघले साईबर सुरक्षा नीति र मार्गदर्शन पारित गरिसकेको उल्लेख गर्दै सोही नीति अनुरुप सहकारीहरुले आफूलाई परिमार्जन गरेर लैजानुपर्ने उल्लेख गरिन । सहकारीहरुले प्रयोग गर्ने कोर बैंकिङ सिस्टममा एकरुपता हुनु आवश्यक रहेको उल्लेख गर्दै सफ्टवेर सेवा प्रदायकहरुले संस्थाका सबै कुरालाई समेट्ने खालको प्रविधिको विकास गर्न आवश्यक रहेको बताईन । सहकारीको एकीन तथ्यांक ल्याउनका लागि समस्या भईरहेकाले सफ्टवेयरमा नियामक निकाय र महासंघलाई रिपोर्टिङ हुनेगरी इन्टरलिंकको व्यवस्था गरिदिनुपर्ने उनको जोड छ ।

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता