सहकारी संस्थाका कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोग र बागमती प्रदेश सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा उपभोक्ता सहकारी संघ ललितपुरको आयोजनामा तालिम आयोजना गरिएको थियो ।
संघका अध्यक्ष सूर्यप्रसाद शर्माको अध्यक्षता, सचिव तिलक बहादुर पुलामी मगरको सञ्चालन, बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष एवम् प्रदेश सहकारी विकास बोर्डका सदस्य रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । केन्द्रीय उपभोक्ता सहकारी संघका सञ्चालक चन्द्र बहादुर ठकूरी, जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्य, बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रुपक घिमिरे, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चन्द्रलाल डंगोल लगायतको आतिथ्यतामा मार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ललितपुरभित्र रहेका १८ वटा उपभोक्ता सहकारीहरुबाट ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण अनिलबीर बज्राचार्य र रुपक घिमिरेबाट गरेका गिए ।प्रमुअ प्रमुख अतिथि शर्मा घिमिरेले सहकारी सञ्चालनमा सहकारीका सञ्चालक र कर्चारीहरुको क्षमता वृद्धि गरी प्रभावकारिता बढाउनका लागि यस किसिमको तालिमले सहयोग पुग्ने बताए ।
अतिथि चन्द्रलाल डंगोलले ललितपुर महानगरपालिकाले सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता विकासका लागि जिल्लाभित्र रहेका छाता संघ, बचत संघ र बहुउद्देश्यीय संघहरु मार्फत् निरन्तर तालिम कार्यक्रम सञ्चालन गरिरहेको बताए । कार्यक्रमका सभाध्यक्ष सूर्यप्रसाद शर्माले उपभोक्ता संघ अब सक्रिय भएर विभिन्न निकायहरुसँगको सहयोग र सहकार्यमा यस प्रकारको तालिम कार्यक्रम सञ्चालन गरिने बताए । साथै संघका उपाध्यक्ष ज्ञानेन्द्र महर्जनले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिएकोमा सम्पूर्ण सहभागी र प्रशिक्षकलाई धन्यवाद दिए । संघका उपाध्यक्ष ज्ञानेन्द्र महर्जनले आफू आबद्ध रहेको योगदान उपभोक्ता सहकारी संस्थाद्वारा उत्पादित शुध्द तोरिको तेल अतिथि र सहभागीहरुलाई कोशेली स्वरुप प्रदान गरेका थिए ।