मंगलबार, कार्तिक ११ गते २०८३

नाटोको भबिष्यको निर्धारण अब यूएस र इयूले कसरी गर्लान् ?


चैत्र २८, २०८० बुधबार
नाटोको भबिष्यको निर्धारण अब  यूएस  र इयूले  कसरी गर्लान् ?

लोकनारायण सुबेदी
यस बर्ष अर्थात २०२४ अप्रिल ४ का दिन यो नाटो गठन भएको ७५ बर्ष पुगेको छ । यसले शीत युद्ध र सोभियत कालपछिको कालखण्डमा अनेक उतार चढाव किसिमका यात्राहरु तय गरेको छ । जतिबेला १९४९ मा यसको गठन भएको थियो त्यतिबेला शीत युद्धका समर्थकहरुले के दाबी गरेका थिए भने यसको मिशन –उदेश्य) भनेको कथित ‘सोभियत आक्रामकता’लाई पछि हटाउनु हो । जुन कि साम्यबाद बिरोधी झूटको खेती थियो । यूरोपमा त्यतिबेला पनि बास्तबिक बिस्तारबादी बिश्व शक्ति अहिलेकै जस्तो अमेरिका नै थियो । जसले सोभियत संघलाई घेर्ने आफ्नो नीति अन्तर्गत यो नाटो सैन्य संगठनको शुरुवात गरेको थियो । यो नाटोको बास्तविक उदेश्य यूएसएसआर अर्थात समाजबादी सोभियत संघलाई नष्ट गर्नु नै थियो । जुन दाउमा समाजबादी सोभियत संघले हमला गर्नु पूर्ब नै परमाणु युद्धको योजना पनि शामेल रहेको थियो ।
अनि नाटोको दोश्रो महत्वपूर्ण कार्य यूरोपेली ‘सहयोगीहरु’ माथि अमेरकी सैन्य र राजनीतिक आधिपत्य सुनिश्चित गर्नु थियो । अनि अहिलेसम्म पनि त्यसै अनुसार नाटोको सुप्रिम एलाईड कमाण्डर सधैनै अमेरिकी नै रहने गरका छन् । अनि सुप्रिम एलाइड कमाण्ड–यूरोप नारफाँक भर्जिनियमा रहेको छ ।भलै यसको आधिकारिक ‘मूख्यालय’महाद्विपमा होओस् । यूरोप नाटो सदस्यकोरुपमा सधैनै कनिष्ठ भागीदारी नै रहने गरेको छ जसले पेण्टागनबाट आदेश लिएर चल्ने गरेको छ स्पष्टदेखिदै आएको छ ।
 हुन पनि नाटोको १९४९ देखि १९७० को दशकमसम्म धेरैजसो ध्यान सोभियत संघ र पूर्बी यूरोपमाथि नै थियो । पूर्बी जर्मनीलाई त्यतिबेला जर्मन डेमोक्रेटिक रिपब्लिक भन्ने गरिन्थ्यो जुन नाटोको रडारमाथि थियो । अमेरिका र उसका यूरोपेली साझेदारहरु पूर्बी भागमा साम्यबादी प्रभूत्व रहेको जर्मनीको अस्तित्वसँग पटक्कै सहमत थिएनन् ।१९७० को दशकको शुरुवातमा सोभियत संघ र चीनका बीचको बिभेदको खाडलको नाटोले त्यसपछिका दुइ दशकसम्म मज्जाले फाइदा उठायो । पूर्बी यूरोपका कम्युनिष्ट पार्टीहरुको आन्तरिक बिरोधाभाषल पनि नाटोलाई ती देशहरुमा सेनाको एउटा तप्कासँग आफ्नो सम्वन्ध कायम गर्न मद्दत मिल्यो । १९९०को अन्त्यमा त पूर्वी यूरोपमा साम्यबादी शासन बिघटनको प्रकृया शुरु गर्दै पूर्बी जर्मनी सरकारको पत्तन नै हुन पुगेको थियो ।
नाटोले आफ्नो प्राथमिक उदेश्य त्यतिबेला हासिल गर्यो जतिबेला यूरोमा समाजबाद नष्ट हुन पुग्यो र १९९१ सोभियत संघ छिन्नभिन्न हुनगयो । यसको अर्थ के थिएन भने  अमेरिकाले बिराम लियो र नाटोले आफ्नो भूमिका घटायो या कम गर्दियो । शीत युद्धको समाप्ति पछि पश्चिमा नेताहरुले सोभियत नेता मिखाइल गोर्भाचेभ समक्ष पूर्बतर्फ नाटोको बिस्तार हुनेछैन भन्ने जे प्रतिज्ञा गरेका थिए त्यसको बिल्कुलै पालना गरेनन् । यताका पछिल्ला बर्षहरुमा चेक गणराज्य,पोल्याण्ड, हंगेरी, रुमानिया, स्लोभाकिया र अन्य पूर्ब वार्सा सन्धि देशहरुलाई पनि निल्दै गयो । त्यसपछि सोभियत समाजबादी संघका पूर्ब गणराज्यहरु — लिथुआनिया, लटाभिया, र एस्टोनियालाई पनि नाटो सम्झौता अन्तरगत लियो ।
रुस कमजोर हुन थालेपछि नाटोले पनि सोझै सशस्त्र आक्रमणमा शामेल हुन शुरु गरिदियो जसको आरम्भ १९९० मा बाल्कन युद्धहरु र यूगोस्लाभियाका अनुभागीय बिघटनबाट भयो । ११ सेप्टेम्बर २००१को अमेरिकामाथिको आतंकबादी हमला पछि गठबन्धनका सदस्य अफगानिस्तानमा अमेरिकाको नेतृत्व रहेको ति सामेल हुन पुगे अनि इराकमा सैनिकहरुलाई तैनाथ गरियो । पछिबाट नाटो बिमानहरुले लीबियामाथि बम बर्षाउन सहभागी बने । जसले लीबिया एउटा गृहयुद्धको अखडामा परिणत भयो ।
ती नयाँ लक्षहरुतर्फ आफ्नो जाल फैलाउँदा फैलाउदै पनि रुससँगको टकराउबाट कहिल्यै ध्यान हटाइर्एन । २००२ देखि नाटोबाट खुल्लारुपमा नै यूक्रेनलाई आफ्नो मास्को बिरोधी गठबन्धनमा शामेल हुनका लागि आमन्त्रण गरियो । यद्यपि पूर्ब राष्ट्रपति भिक्टर नुकोभिचद्वारा अमान्य गरिए पन यूक्रेनमा भएको सत्ता पल्टाइयो र त्यहाँ दक्षिणपन्थी सरकार सत्तामा ल्याइयो, जुन सरकारले आफुलाई वाशिङ्गटनमा शामेल गर्नका लागि उत्सुक थियो । वास्तावमा त्यसो गर्ने अमेरिका नै थियो जसले त्यहाँ यस्तो सरकार ल्याउन मद्दत गरेको थियो । 

The-plan-came-in-1979-.jpg
 नाटोले आपूर्ति गरेका हतियारहरुले पूर्बमा यूक्रेनी गृह युद्धमा कीभ अभयानलाई बढावा दियो । सधैं देशलाई रुसको साथ र सहयोगबाबाट अलग तुल्याउने र अन्ततः नाटो सदस्यताका लाग बाटो खोल्ने लक्षकासाथ यो नाटो–गठबन्धन भएको युक्रेनमा अमेरिका नियन्त्रित सैनिकहरु र हातहतियारहरु तैनाथ गरने खतरा थियोे जुन देश सोभियत गढको महत्वपूर्ण हिस्सा रहेको थियो । जसले २०२२ को रुसी हमलापछि भड्किएको युद्धलाई अझ भड्काउने प्रमुख भूमिका निभाएको थियो ।
यद्यपि यूरोप, अफगानिस्तान, मध्यपूर्ब, उत्तरी अफ्रिका अनि यूक्रेन यी मध्येका कुनै पनि नाटोको नेतृत्व गर्नेहरुका निम्ति पर्याप्त साबि भएनन् । हालैका बर्षहरुमा उनीहरुले प्रशान्त क्षेत्रमा पन आफ्नो दृष्टि गाढे । नाटो गठबन्धनका महासचिव जेन्सस्टोटेनबर्गले हालै चीनलाई ‘सुरक्षा तथा लोकतन्त्रका लागि खतरा’ घोषित गरे । जस्तो कि पहिला पनि उनले गरेका थिए यूरोपेली शक्तिहरु एउटा अर्को शीत युद्धमा शामेल भएरहेका छन् । 
अहिले आफ्नो गठनको ७५औं बर्षमा पनि नाटो बिस्तारको होडमा छ र यस पटक उसको ध्यान रुस र चीन दुबैमाथ केन्द्रित रहेको देखिन्छ । यद्यपि अहिलेको नाटोको तत्कालीन ध्यान यूक्रेनमा केन्द्रित भएको छ र  उसलाई समर्थन दिएर रुसलाई कमजोर तुल्याउनमा जोडतोडले लागेको छ । यस सैन्य संगठनका जनरल आजभोली रुसी र चिनीयाँ राष्ट्रपतिहरुका बीच बढ्दो घनिष्ठ सहयोगबाट चिन्तित देखिन्छन् । नाटोलाई राम्ररी थाहा छ कि चीन बिश्वको एउटा शीर्ष सैनिक शक्ति हो र नाटोसँगको कुनै पनि टकराउमा रुसले चिनको समर्थन गर्नु पश्चिमा सैन्य गठबन्धन शक्तिका लागि धेरै नै महँगो पर्नेछ ।
हुन पनि हालै नाटोले रुसका लागि सुरक्ष खतरा पैदा गर्दै फिनल्याण्डलाई सदस्यता दिइसकेको छ । यूरोपमा आजभोल चुनावका परिणामहरु ह्ेर्दा तिनबाट दक्षिणपन्थी परिबर्तनभइरहेको भइरहेको देखिन्छ । यसबाट नाटोलाई आश्वस्तता पनि मिलिरहेको होला र चिन्ता पनि बढेको होला । त्यहाँ राष्ट्रबादी उभार पनि आएको देखिन्छ अनि कतिपय दलहरु  जसले यूरोपेली संघको निर्वाचनमा बिजय हासिल पनि गर्न सक्लान् तिनले नाटोको कुनै पर्बाह नगरी आ–आफ्नो देशमा एउटा स्वतन्त्र रक्षा र सुरक्षा नीतिलाई समर्थन गर्न दिशामा लाग्न पनि सक्छन् । 
तर यो बर्ष २०२४ नाटोका लागि सबैभन्दा गम्भीर चिन्ताको बर्ष हुने बिश्लेषकहरु औंल्याइरहेका छन् । नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनावको परिणाम के हुन्छ भन्ने कुरामा केन्द्रित छ । यदि डोनाल्ड ट्रम्पले चुनाव जिते भने नाटोकाप्रति अमेरकी नीति बद्लिने औंल्याइदैछ ।आफ्नो पछिल्लो कार्यकालमा डोनाल्ड ट्रम्पले  यस प्रकृयाको आरम्भ पनि गरेका थिए । यस पटक भने उनले अमेरिकाको नाटो माथिको खर्चमा ठूलो कटौत गर्ने घोषणा नै गरेका छन् । त्यसले गर्दा नाटोको खर्चको बोझ अरु देशमाथि पर्नेछ । यसका अतिरिक्त ट्रम्प निर्बाचित भएमा उनले नाटोको कुनै पर्बाह नगरी रुस र चीनका साथ बेग्लाबेग्लै सौदावाजी गर्न सक्ने पनि अडकल बिश्लेषकरुले गररहेका छन् ।

NATO.webp
उत्तर एटलाण्टिक ट्रिटी अर्गनाईजेशन अर्थात (नाटो)ले लगातार आफ्नो बिस्तार गर्दै लगेको छ । अनि अहिलेको यूक्रेन युद्धको पछाडिको एउटा मूल कारण नाटो बिस्तारनै हो । खाशगरी पछिल्लो २०२४ का घटनाक्रम, आउदो बर्ष २०२५ र त्यसपछिो नाटोको भबष्यका बारेमा अत्यन्तै धेरै अनिश्चितताहरु उत्पन्न हुने बिश्वका पश्चिमा बिश्लेषकहरुले गरिरहेका छन् । अहिले पनि नाटोमा अमेरिकी नेतृत्वको पश्चिमा शक्तिहरु नाटोको दृष्टिबिनदू(फोकस) पुरानै छ, जबकि भू–राजनीतिमा धेरै परिबर्तन आइसकेको छ भन्ने कुरा उनीहरु औंल्याउँदैछन् । बिस्तारित नाटोको धरातलीय यथार्थलाई ध्यानमा राखेर त्यसले आफ्नो भूमिकालाई आगाडि बढाउनु पर्ने ती बिश्लेषकहरुले सल्लाह दिइरहेका छन् । उनीहरुले यसको बिस्तारले मात्र यसलाई कुनै मद्दत हुनेवाला छैन भन्ने निष्कर्श निकालिरहेकाछन् । यसरी उनीहरु नाटोको औचित्यता र आवश्यकतामाथि नै सन्देह गरिरहेका छन् ।
यसरी २०२४ का घटनाक्रमले आउदो २०२५ र त्यसपछिको नाटोको भबिष्यका सम्बन्धमा अनेक अनिश्चितताहरु खडा हुनपुग्ने स्थिति देखिदैछ । किनकि नाटोको अमेरकी नेतृत्व रहेको पश्चिमा शक्तिहरुको प्राथमिकता र केन्द्रबिन्दू उही नै छ । तर बिश्व भू–राजनति धरातल बदलिइसकेको या बदलिइरहेको छ । बिस्तारित नाटोको भू–धरातलीय यथार्थलाई ध्यानमा राखेर भूमिका निर्वाह गर्न यसले सकेन भने बर्तमानमा कालखण्डमा केवल यसको बिस्तारले मात्र यो संगठनलाई कुनै सहयोग नपुग्ने  पश्चिमा बिश्लेषकहरुको चिन्ता छ । पूँजीवादी शोषणलाई हर तरहले कायम राख्ने र समाजबादी भबिष्यलाई रोक्न लगातार रोक्न तत्पर र क्रियाशील नाटोको भबिष्य नै यसरी अनिश्चित र अन्यौलको स्थितिबाट गुज्रिरहेको छ ।