मंगलबार, कार्तिक ११ गते २०८३

पश्चिमा संचार माध्यमहरुको पूर्वाग्रह र क्रूर हत्यामा परेका प्यालेस्टिनी पत्रकारहरु


बैशाख ७, २०८१ शुक्रबार
पश्चिमा संचार माध्यमहरुको पूर्वाग्रह र क्रूर हत्यामा परेका प्यालेस्टिनी पत्रकारहरु

बषौंदेखि बिश्वब्यापी बन्दै आएको र संयुक्त राष्ट्र संघले पनि स्वीकारेको प्यालेस्टिनी जनताको न्यायपूर्ण मुद्दामा बिश्वका बीबीसी, रायटार लगायत मूख्य धाराका सञ्चारमाध्यमहरु तथा प्रायजसो सबै सामाजिक सञ्चार मञ्च अर्थात् सामाजिक सञ्जालहरुले पनि खुलेरै इजरायलको पक्ष लिइरहेको देखिन्छ । हुन पनि प्यालेस्टिन तथा गाजासँग सम्बन्धित खबरहरु प्रष्टरुपमै पूर्बाग्रहग्रस्त र पक्षपातपूर्ण हुने गरेको  निरन्तर देखिदै आएको छ । यसै सन्दर्भमा केही समय पहिला बृटेनले  एउटा निकै महत्वपूर्ण सर्बेक्षण पनि गरेको थियो । त्यसमा सातवटा सञ्चार माध्यमका प्रसार गृहहरु र २८ सञ्चार वेभसाईटको इजरायल र पेलिस्टाइन सम्बन्धि समाचारहरु, भिडियोहरु र लेखहरुको महत्पूर्ण बिश्लेषण गरेको थियो । त्यस बिश्लेषणबाट पनि एकदमै प्रष्टसँग के थाहा हुन्छ भने ती सबै सञ्चार माध्यमहरुमा इजरायलको कुरा, अबस्थिति, सुझाव र गुनासा लगायत तिनका प्रमुख कठिनाईहरुलाई समेत बिशेष महत्व दिइएको थियो भने उता प्यालेस्टिनी तथा गाजाको क्रूर नरसंहारको कुरालाई बिल्कुलै उपेक्षा  र बेवास्ता गरिएको थियो ।त्यस्ता  सामाजिक सञ्चार मञ्चहरु जस्तो कि फेसबुक,एक्स, इन्स्टाग्राम आदिले त गाजा र प्यालेस्टिनीहरुको बिषय बस्तु(कण्टेण्ट)लाई नै गायब तुल्याइदै आएको थिए र तिनको पहुँच नै पुग्न दिदैनन् । अमेरिका र यूरोपका शासकहरुका साथसाथ तिनका सञ्चार माध्यमहरु पनि सोझै या घुमाएर केवल इजरायली भाषा बोलिरहेका देखन्छन् । यस प्रकारका तीता अनुभवका आधारमा के बुझ्न सकिन्छ भने कसर पूँजीवादी शासक बर्गले श्रमजीवी बर्गको हक, अधिकार र  न्यायको कुरालाई ठाडै प्रत्यक्ष र परोक्षरुपमा समेत कुल्चिने, दबाउने र उपेक्षा गर्ने गर्दछ । श्रमजीवी जनता आफ्ना हक हितका लागि जतिबेला सडकमा उत्रिन थाल्दछन् त्यतिबेला उनीहरुलाई बदनाम गर्ने गरिन्छ र के भन्ने गरिन्छ भने श्रमिक बर्ग अर्थात अन्यायमा परेका जनताले शान्ति सुब्यवस्था खल्बल्याइरहेका छन् । अनि सामन्ती दलाल नोकरशाही पूँजीवादीले तिनमाथि प्रहरी दमनको हतकण्डा अपनाउने गर्दछ, लाठी बर्षाउदछ र धरपकड गरेर प्रहरी हिरासत या जेल खचाखच भर्ने समेत गर्दछ । अहिले पनि हामीले अरब लीगका प्रायः सबै देशहरु, यूरोप र अमेरिकाका शासकहरु प्यालेस्टिनी जनताको आवाजलाई सकसमम दबाउन चाहन्छन् । त्यति मात्रै होइन,इजरायलले गाजा र पश्चिम किनारा(वेस्ट बैंक)मा प्यालेस्टिन समर्थक पत्रकहरुलाई बिशेषगरी तारो बनाएकोदेखन्छ र यस समस्या सम्बन्धि कुनै पनि यथार्थ र  सही खबर बाहिर आउन नपाओस् नसकोस् भन्ने कुरामा बिशेष ध्यान दिएको प्रष्टै देखिन्छ । त्यहाँ अहिलेसम्म १०० जना साहासी पत्रकारहरुलाई जसमा सबैभन्दा बढी प्यालेस्टिनी पत्रकारहरु छन्, तिनलाई इजरायली सेनाले मृत्युको शिकार बनाइसकेको छ ।

Kilednigaza.jpeg
बास्तवमा अहिले गाजाका चलिरहेको युद्ध अत्यन्तै ठूलो षडयन्त्र, ऐतिहासिक अन्याय र निरनतरको बिश्वासघातका बिरुद्ध प्यालेस्टिनी जनताको न्याय, मानबीयता र अस्तित्वका लागिको युद्ध हो । यो न्यायपूर्ण संघर्षमा लागेका जनता मात्रै होइन, निर्दोष निहत्था बाल बालिका, बिद्यालयका बिद्यार्थी, अस्पतालका बिमारी, सुत्केरी महिला र भर्खर जन्मेका शिशुहरुका अतिरिक्त गाउँ बस्तीहरुलाई समेत चिहानमा परिणत गर्ने जुन क्रूर आम हत्या भइरहेको छ त्यसको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ । अनि जति नै दृढतापूर्बक पेलेस्टिन जनताको साथ दिएर ऐक्यबद्धता जनाउदा र उनीहरुको पक्षमा आवाज उठाउँदा पनि कमै हुन्छ । 

गत बर्षको अक्टोबर ९ देखि अहिलेसम्म निहत्था र निर्दोष प्यालेस्टिनीहरु बस्तबिकरुमा कति मारिएका होलान् यकिन गरेर कसैले भन्न सकेको छैन । तर इजरायल बम बर्षाले भत्किएका भवन र आवासहरुको भगनबशेषमा पुरिएका सबै मानिसहरु अहिलेसम्म भेटिएका छैनन्। पछिल्लो प्रकाशित तथ्यांक अनुसार यसरी इजरायली नरसंहारकारी बम बर्षामा परेर मारिने प्यालेस्टिनीहरुको संख्या ३४ हजार ३ सय ६७ भन्दा कम छैन । घाइतेहरुको संख्या पनि ठूलै छ ।

यो कुरा एकदमै स्पष्ट छ कि अन्यायमा परेका शोषित उत्पीडित सर्बहारा मजदुर र आम श्रमजीवी जनता जहले पनि शोषक सत्ता र शासनका बिरुद्ध खाडा हुने गर्दछ नै त्यस्ता  अन्याय र अत्याचारहरु बिश्वको जुनसुकै कुनामा भएको किन नहोस् । त्यसमा पनि प्यालेस्टिनी जनताको न्यायपूर्ण संघर्ष अहिले भर्खर शुरु भएको होइन, करीब ८ दशकदेख चल्दै आएको यो संघर्ष हो । त्यसैले यो बिश्वका हरेक कुनाका न्यायिक मन भएका सबै मानिसहरुको संघर्ष हो । हुन पनि आज यो प्यालेस्टिनी जनताको यो प्रश्न र संघर्ष साम्राज्यबाद बिरुद्धको संघर्ष हो र बिश्वको  प्रमुख अन्तरबिरोध मध्येको एउटा प्रमुख अन्तरबिरोध पनि हो । यसको बढ्दो बिकासले साम्राज्यबादी संकट अझ चर्किने र बढ्ने कुरा भने निश्चिछ  छ ।