मंगलबार, कार्तिक ११ गते २०८३

खाद्यका लागि कृषि अभियानद्वारा सहकारीका समस्या समाधान गर्न माग


जेठ १४, २०८१ सोमबार
खाद्यका लागि कृषि अभियानद्वारा सहकारीका समस्या समाधान गर्न माग

सहकारीमा भएको अनिमियता, भष्ट्रचार, अपचलन र ठगीसँगै, यि र यस्तै प्रकृतिका सबै घटनामा संलग्न सबैलाई निष्पक्ष छानविनको कानुूनी दायरामा ल्याई दोषीलाई हदैसम्मको कारबाही गर्न र सहकारी नियमनलाइ प्रभावकारी बनाउन खाद्यका लागि कृषि अभियानले जोडदार माग  गरेको छ ।साथै, पीडितहरुको आन्दोलनमा  ऐक्यबद्धता  रहेको जनाएको छ ।

सहकारी संस्था सामुदायिक सहकार्य र सामुहिक उद्यमशिलताको गतिशील संयन्त्र र राष्ट्रिय अर्थतन्त्रको एक आधार हो । इमान, खुलापन, सामाजिक उत्तरदायित्व र एक अर्कालाई मद्दत गर्नु सहकारी संस्थाका नैतिक मूल्यहरु हुन् । यो संस्था, स्वेच्छिक रुपमा एकजुट भएका समान हक राख्ने सदस्यहरुद्धारा लोकतान्त्रिक आचारणका आधारमा संयुक्त स्वामित्वमा सञ्चालन हुन्छ । सहकारी संस्थाले स्थानीय उत्पादनमुलक अर्थतन्त्र चलायमान बनाउने लघुवित्त तथा लघुउद्यम प्रवद्र्धन गर्न सघाएको छ ।

प्राथमिक उत्पादनका क्षेत्र जस्तै कृषि, , वन, जलस्रोत लगायतका अन्य सामाजिक विकास क्षेत्रमा यसको महत्वपूर्ण योगदान रहेको छ । सामुहिकता र सहकार्यबाट स्वचालित हुनपर्ने यस्तो सहकारी क्षेत्र अहिले ठगी, अपचलन र भष्ट्रचारको अखडाको रुपमा बदनाम भएको छ  जसले यसप्रतिको मर्ममा  गम्भिर प्रहार त भएको छ नै, आम जनमानसमा सहकारीको अवधारणाबारे समेत नकरात्मकता भित्राएको छ ।
 
हाल, नेपालका कुल ३१,२७३ सहकारीमा ७३ लाख ८१ हजार सदस्य संम्लग्न रहेका छन् । यि संस्थाहरु मध्ये १ प्रतिशत संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत स्थानीय सरकारको नियमन क्षेत्र भित्र पर्दछन् । संघको अधिकार क्षेत्रभित्र रहेका १४५ सहकारी मध्ये २० सहकारीलाई सरकारले संकटग्रस्त घोषणा गरिसकेको छ । तर, तीनै तहका २००० भन्दा बढी सहकारी संकटग्रस्त रहेको समचार प्रकाशनमा आएको छ । यि संस्थाहरुमा, साना किसान, श्रमिक र साना तथा मझौला लघुउद्यमीका रगत पसिनाले जम्मा भएको सहकारी रकम बिचौलिया र दलालले अपचलन र ठगी गरेका घटनाहरु बारम्बार सार्वजनिक भैरहेका छन् ।

यिनैबाट प्रताडित साना तथा श्रमिक किसान बर्षौदेखि आन्दोलित छन् ।  यि समस्या सम्बोधन गर्न सरकारले आश्वासन दिए पनि समस्या समाधान गर्ने पहल भने भएको छैन ।  अहिले फेरी माईतीघर मण्डलामा सहकारी बचतकर्ताले रिले अनसन जारी राखेका छन् । कतिपय ठाँउमा यिनै ज्यादती सहन नसकेर किसानहरुले आत्महत्याको बाटो अपनाउनु परेको तितो यर्थाथहरु बाहिर आएका छन् । संघिय संसदमा समेत बारम्बार छलफलको विषय बनेको यो समस्या सम्बोधन गर्ने तर्फ सार्थक पहल नहुनु खेदजनक छ । 


सामाजिक, आर्थिक र वातावरणीय बहुआयमिक समस्या झेलिरहेका आम जनसमुदायको जीवन कष्टपूर्ण बन्दै गएको छ । यसैमाथि जलवायु परिवर्तन, खाना र खेतीपातीमा अत्याधिक कृत्रिम रसायन र विषादीको प्रयोगले माटो र मानव स्वास्थ्यमा गम्भिंर संकट थपिरहेको छ । आमजनमानसको जीविकोपार्जनसँग जोडिएका यस्ता संकट सम्बोधन गर्नपर्ने दायित्व बोकेको सरकार, सत्ताको आडमा भष्ट्रचार, आर्थिक अवचलन र ठगी गर्नेहरुको संरक्षण गर्नमै व्यस्त देखिएको छ ।
 
 ,