सोमबार, कार्तिक १० गते २०८३

एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे  भरतपुरमा अन्तर्क्रिया

जेठ २४, २०८१ बिहीबार
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे  भरतपुरमा अन्तर्क्रिया

फुटबल क्लब,एफसी चितवनुले  नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । 

एफसी चितवनले  भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको  पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो। अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए। 

छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे  विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना  र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए। 

अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत  विज्ञद्वारा प्रस्तुति गरिएको थियो ।  आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट  विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए ।  यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता