मंगलबार, कार्तिक ११ गते २०८३

आइएमई लाइफको साधारण सभाले पारित गर्यो लाभांश


जेठ २९, २०८१ मंगलबार
आइएमई लाइफको साधारण सभाले  पारित गर्यो  लाभांश

 आइएमई लाइफ इन्स्योरेन्सको   सातौं वार्षिक साधारण सभाबाट लभांश पारित भएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गरिएको छ । चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित पारित भएको छ ।

यता, कमपनीको सञ्चालकमा रविनकुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समूहकोतर्फबाट उनलाई आगामी ४ वर्ष अवधिको लागि सञ्चालकमा निर्वार्चित गरेको हो ।