सोमबार, कार्तिक १० गते २०८३

पिपुल्स साकोसद्वारा  पूर्व नेतृत्व तालिमको आयोजना

श्रावण २८, २०८१ सोमबार
पिपुल्स साकोसद्वारा  पूर्व नेतृत्व तालिमको आयोजना

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा  पूर्व नेतृत्व तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  निरन शाक्यको अध्यक्षता एंव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ९नेफ्स्कून०को प्राविधिक सहयोग एवं सहजिकरणमा तालिम कार्यक्रम सम्पन्न भएको हो । 
 एक दिवसीय साकोस पूर्व नेतृत्व तालिममा सल्लाहकारहरुको विशेष उपस्थितिका साथै समिति, उपसमिति, उच्च व्यवस्थापनका कर्मचारीहरु सहित  २६ जनाको सहभागिता रहेको थियो ।

संस्थाका प्रमुख सल्लाहकार नवराज  केसीबाट उद्घाटन भएकोे  उक्त तालिममा स्वागत् मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कर्णजीतले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव  देवेन्द्र श्रेष्ठले गरेका थिए भने तालिम संयोजन  कपिल प्रसाद दुलाल र प्रतिवेदन तयारीको जिम्मेवारी द्वारिका गौतमलाई दिएको छ ।

सहजकर्ताका रुपमा नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहकारी सिद्धान्तमा आधारित रही नीति, विधि र पद्धति अनुरुप आफ्ना कार्यक्रम तथा कारोबारहरु संचालन गर्नुपर्नेमा जोड दिए । उनले अन्र्तराष्ट्रिय राम्रा र असल सहकारी अभ्यासबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक  कृयाकलापमा सहकारीको भूमिका बढाउदै लानु पर्ने विषयमा प्रस्तुति गरेका थिए ।  अध्यक्ष निरन शाक्यले धन्यवाद ज्ञापन गर्दै तालिम उपलब्धीमूलक भएको बताए ।  

peoples.jpg

 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता