मंगलबार, कार्तिक ११ गते २०८३

शुभकामना साकोसको २१ साधारण सभाले गर्यो शुभकार्य कृषि सहकारीसँग मर्ज गर्ने निर्णय

आश्विन १७, २०७८ आइतबार
शुभकामना साकोसको २१ साधारण सभाले गर्यो शुभकार्य कृषि सहकारीसँग मर्ज गर्ने निर्णय

 

शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभाले शुभकार्य कृषि सहकारीसँग एकिकरण गर्ने निर्णय पारित गरेको छ ।

एशियाली ऋण महासंघ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित शुभकामना साकोसले हिजो शनिबार संस्थाका अध्यक्ष रामप्रसाद कासुलाज्यूको सभापतित्वमा भएको थियो साधारणसभा गरेको समापन गरेको हो ।

विश्व महामारी कोभिड १९ को संक्रमणलाई ध्यानमा राखी सहकारी बिभागको सूचना तथा नेपाल सरकारको स्वास्थ्य मापदण्ड समेतलाई मध्यनजर गरी सिमित सदस्यहरु मात्र भौतिक उपस्थिति सभा भएको थियो ।

संस्थापक अध्यक्ष स्व. कृष्णप्रसाद सुवालको तस्वीरमा माल्यार्पण गरी दिवंगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारणका साथ  शुुरु सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागत गरेकी थिइन् । 
सभामा सचिव पुष्पलाल तिमिलाले प्रस्तुतद्वारा आ.व.२०७७।०७८ का विभिन्न कार्यक्रम तथा चालु आ.व. २०७८।०७९ का लागि नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

सभामा कोषाध्यक्ष बलराम जु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आ.व.२०७७।०७८ को असार मसान्तसम्म  कुल वासलात रु १ अर्ब २५ करोड ९९ लाख पुराएको छ भने २ करोड ६३ लाख २० हजार नाफा आर्जन गरेको छ ।

आगामी बर्षको रु ४ करोड ९ लाख ८४ हजार कुल नाफा तथा कुल वासलात रु १ अर्ब ४६ करोड ३४ लाख ९५ हजार पुराउने लक्ष्यका साथ अनुमानित बजेट समेत सभाले पास गरेको छ ।

सभाले भक्तपुर नगरपालिकाको वडा नं. २ रहेको शुभकार्य कृषि सहकारी संस्थासँग एकिकरण गर्न गठित कार्यदलले गरेको कार्यहरु अनुमोदन गर्दै उक्त संस्थासँग मर्ज गर्ने निर्णय गर्नुको साथै अन्य सहकारी संस्थाहरु सँग समेत मर्जका लागि छलफल अघि बढाउने भएको छ ।