गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन भएको छ । संस्थाका अध्यक्ष विकास खड्काको सभापतित्व एवं सुर्यविनायक नगरपालिका वडा न.४ का अध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्त्यतामा सभा सम्पन्न भएको हो ।
सभाको अतिथिहरुमा जिल्ला सहकारी संघ लि, भक्तपुरका संचालक राजकुमार सिल्वाल,जिल्ला बचत तथा ऋण सहकारी सघंका कोषाध्यक्ष कान्छा भक्त ध्वजु, राष्ट्रिय सहकारी बैक ठिमी शाखा प्रमुख सिता भट्टराई, नेप्स्कूनका ठिमी शाखा ईन्चार्ज पेशल खड्का, अमरज्योति साकोसका अध्यक्ष दामोधर न्यौपाने, घरपरिवार साकोसका अध्यक्ष, श्रीकृष्ण बिष्ट,चमेली साकोसका सचिव मिठाराम न्यौपाने, उच्च मा.वि. का सहायक प्रधानअध्यापक जनक न्यौपाने, प्रहरी प्रभाग दधिकोटका ईन्चार्ज बिनोद धिताल रहेका थिए ।
कार्यक्रममा अध्यक्ष विकास खड्कावाट वार्षिक प्रतिवेदन, सचिव विदुर खड्काबाट वार्षिक कार्ययोजना र कोषाध्यक्ष शुशिल खड्कावाट सभामा वितीय प्रतिवेदन प्रस्तुत गरिएको थियो। संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत अरनिको उच्च मा.वि.लाई रू दश हजार सहयोग गरेको छ ।
त्यसैगरी संस्थाका शेयर सदस्य एबं शुभचिन्तक अष्ट्रेलिया निवासी विनोद खड्का परिवारवाट संस्थामा आवद्व शेयर सदस्यका जेहेन्दार छोराछोरी मध्ये ६ जना छात्र,छात्रालाई प्रति व्यक्ति रू पाँच हजार जनही प्रदान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष देवलाल राजथलाले स्वागत गरेका थिए भने संस्थाका सचिव विदुर खड्काले सभा सञ्चालन गरेका थिए ।
