सोमबार, कार्तिक १० गते २०८३

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ९.२४८ प्रतिशत लाभांश दिने


फाल्गुण १३, २०८१ मंगलबार
सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले  ९.२४८  प्रतिशत लाभांश दिने

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले  लगानीकर्तालाई लाभांश  दिने भएको  छ । कम्पनीको  हिजो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद   सहित  ९.२४८९ प्रतिशत  लाभांश दिने  प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।