मंगलबार, कार्तिक ११ गते २०८३

भक्तपुर बचत संघले गर्‍यो साकोस जोखिम विश्लेषण कार्यशाला


चैत्र १५, २०८१ शुक्रबार
भक्तपुर बचत संघले गर्‍यो साकोस जोखिम विश्लेषण कार्यशाला


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघसँगको  साझेदारी कार्यक्रम अन्र्तगत साकोसमा जोखिम विश्लेषण कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालाको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले आर्थिक मन्दीको कारण सहकारीमा ऋण लगानी, साँवा व्याज असुली नहुँदा सहकारीमा बचत र ऋणको सन्तुलन कायम गर्न चुनौती थपेको बताए ।  हालै पारित विधेयकले सहकारी संस्था सञ्चालनमा कानुनी जोखिम बढेकोले कानुन पालनाका लागि ध्यान दिनुपर्ने औंल्याए ।

सहकारीले सामाजिक कार्य गरेको छ भन्दैमा आर्थिक पाटोमा गरेको अनियमिततामा माफी नपइने जनाए । संस्था सञ्चालनमा समस्या देखिएमा संस्थाले श्वेत पत्र जारी गर्नुपर्ने उनले बताए । 

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरिवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले कार्यक्रममा उपलब्ध भएको जोखिम प्रतिवेदनको बारेमा संस्थामा छलफल गर्नुपर्ने विचार राखे ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले पहिलो पटक साकोस जोखिम विश्लेषण कार्यशालाको आयोजना गरेको जनाउँदै र यो कार्यशाला कब्र्स, प्रोबासन, एक्सेस जस्तै स्तरीकरण कार्यक्रमको पहिलो खुड्किलोको रुपमा रहेको विचार राख्नुभयो । साथै चैत्र २० गते  भक्तपुरको चार वटै नगरपालिकामा प्रभातफेरी कार्यक्रम सहीत ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिरहेको जानकारी उनले दिए । 

नेफ्स्कूनका कार्यक्रम अधिकिृत सोबिता मैनालीले साकोसमा जोखिम विश्लेषणको कार्यशाला संचालन गर्नुका साथै पल्र्स विश्लेष सम्बन्धमा पनि प्रशिक्षण दिएकी थिइन् । कार्यशाला गोष्ठीमा नेफ्स्कुनका बरिष्ठ कार्यक्रम सहायक चन्द्रदेव जोशी र सूचना प्रविधि सहायक मिलन कोइरालाको सहयोगमा सहभागी ४२ वटा संस्थाहरुको वित्तीय विश्लेषण गरी जोखिम प्रतिवेदन समेत संस्थाहरुलाई वितरण गरिएको थियो । 

कार्यक्रममा संघमा आवद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरु गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको औपचारिक कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गरेकी थिइन् । 

sac bkt 2.jpg