मंगलबार, कार्तिक ११ गते २०८३

सहकारी मन्त्रालयको सचिवमा शर्मा नियुक्त


बैशाख ९, २०८२ मंगलबार
सहकारी मन्त्रालयको सचिवमा शर्मा नियुक्त


सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई  नियुक्त गरेको छ । हिजो बसेको मन्त्रीपरिषद बैठकले शर्मालाई उक्त मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । उनी कोशी प्रदेशका प्रमुख सचिव रहेका  थिए । 

प्रदेशबाट संघमा आउनेमा शर्मा सबैभन्दा सिनियर प्रमुख सचिव  हुन् । सहकारी मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि रिक्त रहेको भूमि सचिवको जिम्मेवारी शर्मालाई दिइएको हो ।

सचिव शर्माले सहकारी क्षेत्रको समस्यालाई संम्बोधन गर्न विशेष पहल गर्नुपर्ने देखिन्छ । यस अघि सरकारले अध्यादेश मार्फत सहकारी ऐन संशोधन गरिसकेको भए पनि त्यसको कार्यान्वयन अगाडि बढेको छैन । सहकारी ऐनको कार्यान्वयन र पीडित बचतकर्ताको बचत फिर्ताको लागि सचिव शर्माले भूमिका खेल्नुपर्ने अहिलेको आवश्यकता हो ।