एउटा लफङ्गा, एउटा सज्जन, एक कवि, एउटा स्वप्नद्रष्टा, एउटा एक्लो मान्छे सबै सदैव रोमान्स र रोमान्चको आसा गर्दछन्....
: चार्ली च्याप्लीन
: चार्ली च्याप्लीन
पूरा नाम सर चाल्स् स्पेन्सर चाप्लीन (१८८९-१९७७) अँग्रेजी सिनेमाका सबभन्दा चर्चित र प्रभावशाली हास्य कलाकार, फिल्म निर्माता र रचनाकार हुन् । मूक सिनेमाको युगदेखि मृत्युपर्यन्त आज पनि उनको ७६ वर्षे कलाकार जीवनको प्रभाव यथावत छ । यिनले ३६ वटा फिल्ममा खेलेका थिए भने ११ वटा फिल्ममा निर्देशक भए ।
५ वर्षको उमेरदेखि नै स्टेज शो दिन थालेका चार्लीको बाल्यकाल प्रकारान्तरले टुहुरो वा अत्यन्त दु:खपूर्ण अवस्थाबाट गुज्रियो । २४ घन्टे जँड्याहा बाबु र यौनरोग (गनोरिया) लागेर कालान्तरमा मनोरोग लागेकी आमा रहेको अभिभावकीय हैसियत कस्तो थियो होला । के सम्झनलायक छ भने त्यो जमानामा युरोपेली समाजमा विभिन्न यौनरोग व्याप्त थिए ।

१९४० मा हिटलरको जीवनीमा आधारित व्यंग्य चलचित्र 'द ग्रेट डिक्टेटर' बनाएपछिका अवधिमा यिनी विवादमा परे । लोकप्रियतामा पनि ह्रास आयो । कम्युनिस्ट भएको 'दोष' लाग्यो । अमेरिकाबाट निकालामा परे ।
डिसेम्बर २५ (१९७७) को विहान ओछ्यानमै ८८ वर्ष उमेरमा हृदयाघात भएर यिनको प्राणपखेरु उड्यो । उनको ईच्छा अनुसार सीमित मानिसको सहभागितामा अन्त्येष्टी गरियो ।
तर अर्को वर्ष १९७८ मा उनको शव-बाकस चिहानबाट चोरियो। पोल्याण्ड र बुल्गेरियाबाट आएका २ टा बेईलमी केटा मोराहरुले सो शब-बाकस हत्याएर छोरीसँग फिरौती लिए । पछि पुलिसले व्यापक खोजतलास गरेर दुबैलाई पक्रियो ।
चन्द्रमणि गाैतम