मंगलबार, कार्तिक ११ गते २०८३

राष्ट्रिय सहकारी बैंकले संगठनात्मक पुनर्संरचना गर्न परामर्शदाता माग्यो


भाद्र ४, २०८२ बुधबार
राष्ट्रिय सहकारी बैंकले संगठनात्मक पुनर्संरचना गर्न परामर्शदाता माग्यो

 

ललितपुर, राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो संगठनात्मक संरचना र व्यवस्थापन प्रणाली सुदृढ बनाउन परामर्शदाता नियुक्त गर्न शिलबन्दी प्रस्ताव आह्वान गरेको छ।

बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार, परामर्श सेवाले विद्यमान संरचना, व्यवसाय प्रक्रिया, मानव स्रोत व्यवस्थापन र संस्थागत विकासको मूल्याङ्कन गरी दक्षता, सुशासन र सेवा सुधारका लागि पुनर्संरचना सिफारिस गर्नेछ।

सीईओ बद्रीकुमार गुरागाईंका अनुसार, बदलिँदो नियामकीय व्यवस्था, उच्च तरलता र सीमित व्यावसायिक अवसरलाई सम्बोधन गर्न संगठन तथा व्यवस्थापन अध्ययन अपरिहार्य भएकाले यस्तो पहल गरिएको हो।

इच्छुक परामर्शदाता वा कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्ने र प्रस्ताव बुझाउने अन्तिम मिति सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको बैंकले जनाएको छ।