मंगलबार, कार्तिक ११ गते २०८३

सीएमसी पर्साको नयाँ कार्यसमिति, अध्यक्षमा चौरसिया


मंसिर ३, २०८२ बुधबार
सीएमसी पर्साको नयाँ कार्यसमिति, अध्यक्षमा चौरसिया


पर्सा , को–अपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) पर्साको ७औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरिएको छ। सभाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा चयन गरी नयाँ नेतृत्व घोषणा गरेको हो।

नवनिर्वाचित समितिको नेतृत्व अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया  रहेका  छन्। सभाले रविभूषण श्रीवास्तवलाई पदेन अध्यक्ष तथा रामबाबु चौधरीलाई उपाध्यक्षमा चयन गरेको छ।

त्यसैगरी, महासचिवमा प्रदिप कुमार लोहार, सचिवमा दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा किरण ठाकुर चयन भएका छन्। सदस्यहरूमा दिपिका श्रेष्ठ, धर्मेन्द्र कुमार जैसवाल, र चन्द्रशेखर प्रसाद साह रहेका छन्।

क्लबको तालिम तथा शिक्षा उप–समितिको धर्मेन्द्र कुमार जैसवाल संयोजक बनेका छन् भने  इन्दु रञ्जितकार र उमेश साह तुरहा सदस्य चयन भएका छन्। कार्यक्रममा संस्थापक अध्यक्ष जिष्णु बरालसहितका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

सभाले सहकारीका प्रबन्धकहरुको क्षमताको सुदृढीकरण, पारदर्शिता अभिवृद्धि, तालिम तथा क्षमता विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ। नवनिर्वाचित समितिले सहकारी क्षेत्रकै हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

coop mc parsa.jpg