ललितपुर । लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्दी नविन श्रेष्ठलाई २२ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा चयन भएकी हुन् । अत्यन्तै प्रतिस्पर्धात्मक निर्वाचनमा कल्पना श्रेष्ठले ९५३ मत प्राप्त गर्दा अध्यक्षका प्रत्याशी नविन श्रेष्ठले ९३१ र कैलाशकुमार मल्लले ८२ मत प्राप्त गरे ।
संस्थाको २९औं वार्षिक साधारण सभाले ९ सदस्यीय नयाँ सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको चयन गरेको हाे।
सदस्यहरुबीच लोकतान्त्रिक अभ्यासमार्फत निर्वाचन गरी आफूलाई गरिमामय अध्यक्ष पदमा मलाई निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै श्रेष्ठले सहकारीको विकास र पारदर्शिता र सदस्यको हितको लागि म सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यसैगरी, संस्थाको उपाध्यक्षमा १०२१ मतका साथ सुर्यमान महर्जन, सचिवमा ९६९ मतका साथ आशिष श्रेष्ठ चुनिएका छन् । कोषाध्यक्षमा श्रवेश लाल श्रेष्ठ निर्विरोध भइ भने अनिल महर्जनले ११६२, लक्ष्मी श्रेष्ठले ११०४, अजय श्रेष्ठले ९६९, बालकृष्ण श्रेष्ठले ९६८ र ओम नारायण श्रेष्ठले ९०३ मत ल्याएर सञ्चालक सदस्य पदमा निर्वाचित भएका छन् ।
संस्थाकाे लेखा सुपरीवेक्षण समितिकाे संयाेजकमा हरिभक्त श्रेष्ठ र सदस्यद्वयमा ओम श्रेष्ठ तथा कृष्णगाेपाल श्रेष्ठ निर्विराेध निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विजय कुमार बस्नेतले जानकारी दिए ।
नेपालपत्र संवाददाता