मंगलबार, कार्तिक ११ गते २०८३

अग्रज महिला साकोसद्वारा चाँगुनारायण मन्दिर सरसफाई

मंसिर १, २०७८ बुधबार
अग्रज महिला साकोसद्वारा चाँगुनारायण मन्दिर सरसफाई

 

अग्रज महिला बचत तथा ऋण सहकारी संस्थाले चाँगुनारायण मन्दिर परिसर सरसफाई गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरिबोधनी एकादशीको अवसरमा पारेर मन्दिर परिसरको फोहोर व्यवस्थापना र दियो सफा गरेको संस्थाकी व्यवस्थापक तुलसा खड्काले जानकारी दिइन् । चाँगुनारायण नगरपालिका–५, पिखेलमा रहेको संस्थाले समयसमयमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको उनले बताइन् ।

संस्थाले मंसिर ३ र ४ गते सदस्यहरुलाई कुशेश्वर र हलेसी महादेवको  दर्शन गराउने भएको  छ । त्यसैगरी संस्थाको स्थापना दिवसको अबसर पारेर आगामी मंसिर १५ गते करिब ६५ जना  ज्येष्ठ सदस्यलाई  तीर्थाटन लैजाने तयारी गरेको उनले जानकारी दिईन । संस्थाले गत बर्ष  पनि जेष्ठ सदस्यलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो ।  

 संस्थाले महिला सदस्यहरुको आर्थिक स्तरमा सुधार ल्याउन सीपमूलक र चेतनास्तरमा विकास गर्न चेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । 

झण्डै २ हजार महिला सदस्यहरुलाई समेटेर संस्थाले सेवा दिँदै आएको छ भने संस्थाको कुल वासलात ९ करोडको हाराहारीमा पुगेको छ । 

agraj mahila.jpg