रामेछापको मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभाले संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र टंकप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्बिरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा चन्द्रा खड्का, सचिवमा हिमाल ढुंगेल, कोषाध्यक्षमा टीकाप्रसाद भट्ट, सदस्यहरुमा तारादेवी थापा, महेश घिमिरे, नानीमैया माझी, गौतमकुमार श्रेष्ठ र नविन केसी रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा कृष्णवहादुर वस्नेत र जानुकी श्रेष्ठ सदस्य रहेको निर्वाचन उप समितिका संयोजक पेशलकुमार आचार्यले बताए। ४ बर्षका लागि निर्वाचित संचालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले शनिबार नै पदको सपथ लिएका छन् ।
संस्थाका अध्यक्ष धुबप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख वस्नेतले सरकारले तिनखम्बे अर्थनिती अंगिकार गरेकाले सहकारी क्षेत्रमा संकलित रकम आर्थिक विकासका लागि परिचालन गर्न जोड दिए । उनले नगर क्षेत्रका सवै सहकारी संस्थाहरु नगरपालिकाको दायरामा आउनु पर्ने वताउदै सहकारीका लागि निर्धारण गरेको कर संशोधन हुने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयांघरे, रामेछाप उद्योँग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका शिव श्रेष्ठ र नेफ्सुकनका प्रतिनिधि राजेश खड्काले समेत सहकारी संस्था र यसले समाजमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
बार्षिक साधारण सभामा संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेले बार्षिक कार्यक्रम, कोषाध्यक्ष टीकाप्रसाद भट्टले संस्थाको आय व्यय विवरण र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रश्तुत गरेका थिए । सो बार्षिक साधारण सभाले उक्त तीनवटै प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
कार्यक्रममा दिएको जानकारी अनुसार संस्थाको रामेछाप जिल्लाका साविक १८ गाविसमा कार्यक्षेत्र रहेको, १४ हजार ९४ जना सदस्य रहेको, गत आर्थिक बर्षको असार मसान्त सम्म ९ करोड ६ लाख ६८ हजार शेयर पूंजि संकलन गरेको, शेयर सदस्यबाट कुल ८२ करोड ५० लाख ९५ हजार बचत संकलन गरेको, शेयर सदस्यहरुलाई विभिन्न कार्यका लागि ६४ करोड ३९ लाख २९ हजार ७८ रुपैंया ऋण लगानी गरेको र गत आवमा कुल ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुयैयांको कारोवार गरी ५८ लाख १४ हजार ८ सय ६२ रुपैंया खुद मुनाफा आर्जन भएको छ ।
२०५४ सालमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाले मन्थलीका अतिरीक्त रामेछाप, गेलु, मन्थली बसपार्क र धोविमा सेवा केन्द्र मार्फत सदस्य संग बचत तथा ऋणको काम गर्दै आएको छ । संस्थाले केहि अवधिमै सालु , कठजोर र भटौलीमा सेवा केन्द्र थप गर्ने योजना समेत सार्वजनिक गरेको छ ।