बिहीबार , कार्तिक १३ गते २०८३

चमेली साकोसले गुण्डुमा खोल्यो सेवा केन्द्र 

चैत्र ७, २०७८ सोमबार
चमेली साकोसले गुण्डुमा खोल्यो सेवा केन्द्र 

चमेली कल्याणकारी साकोसले सूर्यविनायक नगरपालिकाको गुन्डु चोकमा  सदस्य सेवा केन्द्र विस्तार गरेको छ । 

संस्थाका अध्यक्ष चन्द्रराज खड्काकाे सभापतित्व एवं भक्तपुर क्षेत्र  नं २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतकाे प्रमुख अातिथ्यतामा एक समारोहकाबीच सेवा केन्द्रको शुरू  गरिएकाे हाे। उक्त सेवा केन्द्रबाट सदस्य विस्तार, बचत संकलन र ऋणको कारोबार समेत हुने संस्थाले जनाएको छ । उद्घाटन कार्यक्रममा भक्तपुर बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, संस्थाका सञ्चालक तथा विभिन्न उपसमिति, कर्मचारी, सदस्य तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । 

त्यस क्षेत्रमा सदस्यको संख्या बढ्दै गएकाले उनीहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन संस्थाले सेवाकेन्द्र सञ्चालनमा ल्याएको प्रबन्धक सुदर्शन चौलागाईंले जानकारी दिए । 

स्थास्थ्य शिविरबाट ३५० जना लाभान्वित

chameli swastha.jpg

त्यसैगरी संस्थाले हालै स्वास्थ्यशिविर समेत आयोजना गरेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा बृहत स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा ३५० जना भन्दा बढी सदस्य तथा सदस्यका परिवार र दधिकोट ईङ्लिस सेकेन्डरी स्कूलका विद्यार्थीहरूले स्वास्थ्य परीक्षण गराएका थिए । 

शिविरमा जनरल, प्रसुति तथा स्त्री, हाडजोर्नी तथा नसा, छाला तथा यौन, दन्त, बालरोग, आँखा, नाक कान घाँटी, भिडियो एक्सरे, ल्याब टेष्ट तथा इसीजी सेवा उपलब्ध गराइएको थियो ।