बुधबार, कार्तिक १२ गते २०८३

सगरमाथा जलविद्युतको शेयर प्रत्याभुति गर्ने जिम्मा नागरिक लगानी कोषले पायो

श्रावण ४, २०७९ बुधबार
सगरमाथा जलविद्युतको शेयर प्रत्याभुति गर्ने जिम्मा नागरिक लगानी कोषले पायो

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा।भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् । 

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने  भएको हो ।